अारपि उपाध्याय / नवलपरासी , ४ चैत
मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले पुण्यको प्रभावबाट मानव जीवन पाइएकोमा प्राप्त मानव जीवनलाई सार्थक बनाउन थप पुण्य कार्य गर्नुपर्ने बताउनु भयो।
पिठाधिस नयनाचार्यले जल सम्पदा संस्कृतिको जीवन भएकोले जल सम्पदालाई बचाउने अभियानमा सबैको सक्रिय सहभागिताको लागि अपिल गर्नुभयो। उहाँले योग अभ्यासको माध्यमबाट मानव जिवनलाइ सुस्वास्थ्य र आरोग्यता बनाउन सकिने धारणा पनि राख्नुभयो।
पतान्जली योग समिती लुम्बिनी प्रदेश ओम: जप ध्यान समितिको आयोजनामा विनयी त्रिवेणी ६ स्थित गजेन्द्र मोक्ष धाममा कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी नयनाचार्यले सो कुरा बताउनु भएको हो।
प्रमुख अतिथि नयनाचार्यले जो जहाँ – रहे वा यात्रा गरेपनि जननी जन्मभुमिलाई सम्मान गर्दै हिन्दु धर्मको रक्षा गर्नु सबैको परम कर्तव्य रहने जिकिर गर्नुभयो। उहाँले आगामी दिनमा जल सम्पदाको रक्षाको लागि बाग्लुङको पन्चकोटमा अनन्त श्री ब्रह्माण्डिय महायज्ञ गरिने पनि जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश प्रभारी प्रेम शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा काठमाडौं, बाग्लुङ, दाङ,रुपन्देही लगायत जिल्लाबाट १०० को सङ्ख्यामा सहभागी हरुको उपस्थिति रहेको थियो।
तीन दिवशीय शिविरमा मानव जिवनमा योग अभ्यासको महत्व र हिन्दु धर्मको रक्षाको लागि ओमकार परिवारले गर्नुपर्ने जिम्मेवारी र कर्तव्यबारे जानकारी गराइएको थियो।
पुर्वी नवलपरासीको त्रिवेणी स्थित गजेन्द्र मोक्ष धाममा रहेको गजेन्द्र मोक्ष नारायण भगवानको मन्दिर,राधाकृष्णको मुर्ति जडित सिस महल, विशाल काय घण्टा र गौवन्शको रक्षाको लागि २०५८ सालदेखी सन्चालनमा आएको गजेन्द्र मोक्ष कामधिनु गौशालाको पनि योग शिविरमा आएका सहभागीहरुले अवलोकन गरेको पतन्जली योग समिती कपिलवस्तुका प्रभारी कृष्ण मुरारीले जानकारी दिनुभएको छ।

नेपाल अधिराज्य अन्तर्गत रहेका विभिन्न मठ मन्दिर,तिर्थ स्थलहरु मापदण्ड विपरीत सन्चालन भैरहेको अवस्थामा मापदण्ड सहितको तिर्थस्थलको रूपमा विकास र विस्तार गर्न सकिय हिन्दु धर्मको रक्षा र सम्मुन्नत समाजको निर्माण गर्ने अभियानले मुर्त रुप पाउने कुरामा दुई मत नरहने भ्रमण टोलिले अपेक्षा गरेको छ। कार्यक्रममा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्य लगायत आश्रमका विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

