Rashtriya Dainik

सुनवल प्रेस क्लव गठन

नवलपरासी , ४ चैत
पश्चिम नवलपरासीको सुनवलमा क्रियाशिल पत्रकारिता तथा सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको साझा थलोका रुपमा सुनवल प्रेस क्लव गठन गरिएको छ ।

आज सुनवलमा सम्पन्न पत्रकार तथा सञ्चारकर्मीको भेलाले पत्रकार रमेश भुषालको अध्यक्षतामा नौ सदस्यिय तर्दथ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा नारायण सुवेदी, महिला उपाध्यक्षमा कल्पना खरेल,सचिवमा प्रदिप पाठक, सहसचिवमा पुजा लम्साल, कोषाध्यक्षमा दिपक खनाल, सदस्यहरुमा नन्दलाल कवर, रेशम अधिकारी, विमल भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।

सामाजिक विषय बस्तु संगै समग्र सुनवलको विकास गतिविधिलाई पत्रकारीता मार्फत हरेक नागरीक समक्ष पुर्याएर नागरीकको सुचनाको हकलाई स्थापित गर्ने उदेश्य सहित पे्रस क्लव गठन गरिएको नवनिर्वाचित अध्यक्ष रमेश भुषालले बताउनुभयो ।सुनवलमा क्रियाशिल पत्रकारहरुको पेशागत हकहित र संरक्षण तथा यसको व्यवसायिकरणका लागि संगठन क्रियाशिल रहने उहाको भनाई छ ।

संगठनको आगामी प्रक्रियाका लागि उपाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा पाचँ सदस्सिय विधान समिति र कोषाध्यक्ष दिपक खनालको संयोजकत्वमा आर्थिक समिति गठन भएको सचिव प्रदिप पाठकले जानकारी दिनुभयो । पत्रकार महासंघमा सदस्य नभएका तर पत्रकारीता गरिरहेका सञ्चारकर्मिलाई पनि क्लवमा समावेश गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित