तुलसीराम पौडेल /फर्साटिकर,३ चैत्र
रुपन्देहीको बुटवल उपमहानगरपालिका -१८ दुबौली स्थित युनाइटेड इङलिस बोर्डिङ स्कुलले आफ्नो विद्यालयको १३ औ स्थापना दिवसको शुभ अवसरमा शुक्रबार खाना महोत्सव सहित विविध कार्यक्रम सम्पन्न गरेको छ।
प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा उहाँले बालबालिकाको भविस्य निर्माणको लागि अभिभावकको महत्त्वपूर्ण योगदान रहने बताउनु भयो।कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण नेपालका प्रतिनिधि सुदिप शर्मा ,प्याब्सन रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा ,पुर्व डिएसपी गोले प्रसाद चौधरी ,रेप्सा रुपन्देहीका अध्यक्ष कमल प्रसाद पौडेल ,बुटवल -१८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी,,वडा सदस्य हरि प्रसाद सुवेदी,अभिभावक रुद्र चापगाई लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

कार्यक्रममा विद्यार्थीहरुको नाटक ,विभिन्न नृत्य तथा रास्टिय कलाकारहरुको बेजोड प्रस्तुति रहेकोे थियो ।
विद्यालयका कार्यकारी निर्देशक रामकृष्ण खनालको अध्यक्षता, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्राचार्य सीता न्यौपाने खनालले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको संचालन शिक्षक उदय राज न्यौपाने तथा विद्यार्थी द्वय सलिना मगर र सुनिल खनालले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

