राम पुकार यादव/ सिरहा ।
बर्षभरी निजि बिदालयमा रुपैया तिर्ने र परिक्षा सामुदायिक बिदालयमा दिने प्रवृत्तिले सामुदायिक बिदालय घाटामा गएको छ । स्थानीय तहले सामुदायिक बिदालयमा गरिने सहयोग र अनुदानको उपभोग निजि बिदालयहरुले सहजै रुपमा गरिरहेको छ ।
पालिकाको सार्वजनिक स्रोत साधन निजि बिदालय र त्यसका बिद्यार्थीहरुले सहजै रुपमा उपभोग गरिरहदा सामुदायिक बिदालय रय त्यस बिदालयमा अध्यनरत विद्यार्थी बालबालिकाहरुको सुबिधामा कटौती भएका छन ।
हालै संचालनमा रहेका बार्षिक परिक्षामा सिरहा स्थित विभिन्न सामुदायिक बिदालयहरुमा निजि बिदालयका विद्यार्थीहरुले परिक्षा दिरहेका छन । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित श्री जनता माध्यमिक बिदालय राजपुरमा बार्षिक परिक्षामा मिर्चैया नगरपालिका स्थित चानक्य बोर्डिङ स्कुलको विद्यार्थीहरुले परिक्षा दिरहेका छन ।
ती निजि बिदालयका विद्यार्थीहरु बाट बर्षभरि चर्को शुल्क बिदालयका प्रीन्सिपलहरुले उठाएर परिक्षा भन्ने सामुदायिक बिदालय बाट दिलाएका छन । उनि सामुदायिक बिदालयको बिद्यार्थीहरुले निशुल्क रुपमा पाउने कोपि किताबको सुबिधामा मात्र नभै सामुदायिक बिदालयको शिक्षक गार्डहरु बाट सुबिधा पाएका छन । सामुदायिक बिदालयको कोषबाट गार्डहरुले गार्ड भत्ता पाउने अनि निजि बिदालयको विद्यार्थीहरुलाई स्थानीय तहको पैसा बाट खरिद गरिएको कोपि किताब उपलब्ध गराउने प्रवृत्ति सामुदायिक बिदालयको लागि संकट हो ।
यसले राज्यले सामुदायिक बिदालयमा लगानी गरेको बजेट रकमहरु दुरुपयोग भैरहेको सहजै बुझ्न सकिन्छ । यस बिषयमा सामुदायिक बिदालयमा लगानी गर्ने स्थानीय तहहरुले मौनता देखाउनु हुदैन । बरु चासो लिई सार्वजनिक बजेट निजीकरणहुन बाट जोगाउन जोड दिनुपर्छ ।
निजि बिदालयले सामुदायिक विद्यालय बाट आफ्ना विद्यार्थीलाई परिक्षा दिलाउनुको कारण के हुन सक्छ ?
अन्योलमा छन अबिभाकहरु । गाँजिएको शिक्षा ब्यबस्था जहाँ धेरै निजि बिदालयहरु दर्ता बिनै संचालनमा छन । पाँच कक्षा दर्ता भएको निजि बिदालयहरुले गैरकानुनी रुपले दस कक्षा चलाइरहेका छन ।
पाँच कक्षा भन्दा बढिका बिद्यार्थी अबिभाकहरु सँग बर्षैभरि दर्तै नभएको निजि संस्थाको माध्यम बाट पढाईको नाममा अबैध असुली गर्छन । परिक्षाको बेला अब कहाँ कुन स्कुल बाट कसरी परिक्षा दिलाउने भन्ने अन्योलमा हुन्छन । अन्तिममा सामुदायिक बिदालयहरुलाई गुहारछन । सामुदायिक बिदालय र निजि बिधालयको मिलोमतो हुन्छन । पैसाको चलखेल हुन्छन । सामुदायिक बिदालयहरुले आफ्नै सार्वजनिक रकमले खरिद गरिएको परिक्षा सामग्रीहरुले निजि बिदालयका विद्यार्थीहरुलाई परीक्षा दिन सहयोग गर्छन । यसरी सार्वजनिक पैसाको दुरुपयोग हुन्छन । यसमा संबंधित निकायको मौनताले शिक्षामा बेथिति पलाउँछन ।

शिक्षामा देखिएको यश किसिमको बेथितिले सामुदायिक शिक्षामा सुधारको परिकल्पना गर्न कठिन हुन्छ । सामुदायिक बिदालयमा परिक्षा दिने निजि बिदलायका विद्यार्थीहरुको कोपि कसले चेक गर्ने ? सामुदायिक बिदालयका शिक्षक या निजि बिदालयका शिक्षक ? उनिहरु कुन भत्तामा निजि बिदालयको विद्यार्थीहरुको कोपि काट्ने ? सामुदायिक स्रोत साधनमा निजि बिदालयको राज त हो यो ।बिदालय ब्यबस्थापन समितिको चुनावमा सामुदायिक बिदालयमा यसले के असर पार्ला ?
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

