पोखरा, ०३ चैत । पोखराको चिप्लेढुङ्गामा नगरबसले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ ।
शुक्रबार बिहान ७ः१५ बजे सिद्धार्थचोकबाट न्यूरोडतर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको पोखरा नगरबसले ग १८ प ९९८९ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो । घटनामा झापाको दमक नगरपालिका वडा नं. ४ घर भएकी २४ वर्षीया दीक्षा कार्कीको घटनास्थल मै ज्यान गएको हो । उनी पोखरा-५ पर्स्याङ बस्दै आएकी थिइन् ।
प्रहरीले नगरबस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

