Rashtriya Dainik

शोक सभा सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , २ चैत

ज्योती गुम्बा बौद्ध विहार र भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था विनयी त्रिबेणी ६ र ७ को संयुक्त आयोजनामा आज शोक सभा सम्पन्न भएको छ ।

ज्योती गुम्बा बौद्ध विहारका पुर्व अध्यक्ष तथा भुपु सैनिक बचत तथा ऋण सहकारी सस्थाका पुर्व अध्यक्ष समेत रहनुभएका स्वर्गिय मोहन सिँह थापाको भएको निधनको ५ दिनको पुण्य तिथिमा उक्त शोक सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष कन्हैयालाल कुर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुपा थापा, जम्मा प्रसाद पल्ली मगर, आरपि उपाध्याय लगायतले शोक मन्तब्य राख्नुभएको थियो । स्वर्गिय थापाको निधन यही माघ २७ गते आफ्नै निवासमा भएको संस्थाका प्रबन्धक सिँह बहादु्र थापाले जानकारी दिनुभएको छ ।

स्वर्गीय थापा विगत केही महिनादेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पिडित रहनुभएको पारिवारिक श्रोतले बताएको छ। श्रद्धाञ्जली समारोहमा संघसंस्थाका प्रतिनिधि नागरिक समाजका अगुवा र ठूलो सङ्ख्यामा आफन्तजनको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित