Rashtriya Dainik

नेविसंघद्वारा उम्मेदवारी दिएका उम्मेदवारहरुको परिचयात्मक तथा विद्यार्थी प्रशिक्षण कार्यक्रम

अारपि उपाध्याय / नवलपरासी , २ चैत

नेपाल विद्यार्थी संघ त्रिभुवन क्याम्पस बेलाटारी (ब.स.प.) ईकाईको आयोजनामा स्वतन्त्र विद्यार्थी युनियन उम्मेदवारी दिएका उम्मेदवारहरुको परिचयात्मक तथा विद्यार्थी प्रशिक्षण कार्यक्रम विहिबार सुस्ता १ चुहाडीमा सम्पन्न भएको छ ।

आउदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरि नेपाल विद्यार्थी संघ र जनमत विद्यार्थी संघको गठबन्धनमा आबद्ध विद्यार्थी तथा उम्मेद्वारहरुको सयुक्त भेलालाई मुकुल कुमार आचार्य र नारायण प्रसाद भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

ने.बि. संघ क्याम्पस ईकाई समितिका अध्यक्ष ब्यासमुनी कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले गुणात्मक शिक्षाको विकासको लागी विद्यार्थी शक्ति एक भएर अगाडी बढ्नुपर्ने धारणा राख्दै क्याम्पसमा देखा परेको विकृतीलाई विद्यार्थी वर्गले नै समाधान गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन क्याम्पस बेलाटारीमा संयुक्त प्यानल बनाएर उम्मेद्वारी दिएका ने.बि. संघ र जनमत विद्यार्थी संघका उम्मेद्वारहरुको सामुहिक परिचय समेत गराइएको थियो । सो अवसरमा जनमत पार्टीका केन्द्रिय सदस्य बाल गोविन्द चौधरी, जनमत पार्टी पश्चिम नवलपरासीकी अध्यक्ष शारदा कुमारी चौधरी, प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरी लगायतको उपस्थिती रहेको थियो ।

आगमी चैत्र ५ गते त्रिभुवन क्याम्पस बेलाटारी सहित देशैभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित