Rashtriya Dainik

नवलपरासी प्रहरीद्वारा ८ लाख बढीको मालसामान बरामद

संजय कुशवाहा / नवलपरासी २ चैत

पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईबाट भन्सार छली चोरी पैठारीमा गरी ल्याएको अन्दाजि ८ लाख ७४ हजार ८ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले १ लाख २६ हजार मुल्य बराबरको ६ गोटा बाख्रा , १४ पिस सुट र नम्बर नहालेको १ थान मोटरसाइकल बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी पाँचफेडाबाट खटिएको प्रहरी टोलीले १ लाख ३० हजार २ सय मुल्य बराबरको १८ क्विन्टल गहुँ र १५ बरोरा युरिया मल बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको टोलीले ३५ हजार ६ सय मुल्य बराबरको ४ क्विन्टल गहुँ र २० पिस कुर्ता सुरूवाल बरामद गरेको छ ।

यसैगरी प्रहरी चौकी गुठी परसौनीबाट खटिएको प्रहरी टोलीले १ लाख मुल्य बराबरको २ क्विन्टल ५० किलो बोईलर कुखुरा बरामद गरेको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले
२ लाख ५०हजार मुल्य बराबरको कुर्ता ,४८ थान कपडा ४ सय मिटर र १ थान मोटरसाइकल सहित बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरी टोलीले ३६ हजार मुल्य बराबरको १०८ किलो घिउ बरामद गरेको हो ।
यसैगरी प्रहरी चौकी सनईबाट खटिएको प्रहरी टोलीले ३३ हजार मुल्य बराबरको १ सय किलो घिउ बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले १ लाख ४ हजार मुल्य बराबरको २६ पिस मोटरसाइकलको टायर बरामद गरेको छ ।

यसैगरी प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले ६० हजार मुल्य बराबरको २ सय किलो बोईलर कुखुरा बरामद गरेको हो ।
बरामद गरेका उक्त मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित