महेश सिंह सिरहा लहान २ चैत – वैदेशिक रोजगारीमा कतार पुगेका सिरहा नगरपालिका वाडा नम्बर २० सिकाजोती घर भएका बुवा शिव नाथ चमार, आमा ललिता महराकी २२ बर्षको माईलो छोरा बिकेश रामको मृत्यु भएको छ्।
बिदेश गरेको १५ महिना पछी स्वदेश फर्किएका ७ दिन नबित्दै उनले बीस सेवन गरी आत्म हत्या गरेका थिए। बिमा अभिलेख नम्बर FE1000113214 भएको बिकेश २०७९-मंसिर १३ गते मृत्यु भएको थियो।
पुत्र शोकमा डुबेका बुवा शिव नाथ चमार लाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको बुवालाई क्रिया खर्च सहित १३ लाखको माछापुच्छ्रे बैंकका पत्रकार महेश सिंह सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारी हेम नारायण सिंह,रोशन महतो,स्थानीय अभिकर्ता सिमा कुमारी साह, सप्तरी ट्राफिककी अभिकर्ता रेखा साह लगायतकि ब्यक्तीहरुको रोहवरमा चेक हस्तान्तरण गरेका छन्।
पीडित चमारको घराईसी अवस्था निकै कमजोर रहेका स्थानीय सिमा कुमारी साहले बताए।घरायसी काम काज गरेर घर परिवार चलाउने गरेको प्रबन्धक महतोले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

