Rashtriya Dainik

भन्सार छली नेपाल ल्याइएको अवैध सामाग्री बरामद

अारपि उपाध्याय / नवलपरासी , २ फागुन

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र मातहतका प्रहरी निकायबाट खटिएका प्रहरी टोलिले भन्सार छली नेपाल ल्याइएको अवैध सामाग्री बरामद गरेको छ।

जिल्ला अन्तर्गतका प्रहरी युनिटहरुले भारतबाट नेपाल भित्राइएका अवैध सामाग्री नियन्त्रणमा लिइएको सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

प्रहरीले इलाका प्रहरी कार्यालय महेशपुर क्षेत्रबाट नम्बर प्लेट नभएको मोटरसाइकल सहित १४ पिस सुट, प्रहरी चौकी पचफेडाले गहुँ र रासायनिक मल, इलाका प्रहरी कार्यालय अमानिगन्जले गहुँ कुर्ता सुलवार, जिल्ला प्रहरी कार्यालयले कुर्ता सुलवार र थान कपडा, प्रहरी चौकी तनवाले बिउबिजन, इलाका प्रहरी कार्यालय बर्दघाटले मोटरसाइकलको टायर १६ पिस,प्रहरी चौकी रामनगरले बिउबिजन सहित बोइलर कुखुरा बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला अन्तर्गतका प्रहरी युनिटहरुबाट बरामद गरिएको अवैध सामाग्रीको कुल मूल्य ८ लाख ७४ हजार रहेको बताइएको छ। बरामद भएको अवैध सामाग्रीलाइ आवश्यक कारवाहीको लागि महेशपुर भन्सारमा पठाइएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित