दुर्व्यसनी संरक्षक बाट प्रहरी त्रसित पत्रकारलाई बरम्बार धम्की

बिराटनगर /

तस्करी पेसा तथा लागुऔषध सेवनकर्ताहरुको संरक्षण गर्ने केन्द्र को रुपमा पहिचान बनाईसकेको बिराटनगर – १६ स्थित दक्षिण गेठ बाट दैनिक भन्सार छली लाखौको अवैध सामान तस्करी गरी नेपाल ल्याउनुको साथसाथै त्यहाका स्थानिय युवाहरुले लागुऔषध सेवन कर्ताहरु संग केही रकम लिएर लागुऔषध सेवनकर्ताहरुलाई जोगबनिको लागुऔषध पाउने ठाउ सम्म पुग्न सहुलियत दिदै दुर्व्यसनिमा लाग्न सहियोग पुर्याउनेगरेका छन जुन कुराको जानकारी मात्र नभई प्रत्यक्ष आखाले देखी देखी प्रहरी समेत त्यस्ताहरुलाई रोक्न नसकी निरिह बनि होई होई गर्नु बाहेक केही गर्न नसकिरहेको अवस्था छ ।

नेपाल भारत सिमा सिल भएको फ़ायदा उठाउदै बिराटनगर जुटमिल को मजदूरहरु बस्ने नेपाल भारत सिमा दशगजा संगै टासिएर रहेको दक्षिणगेठमा रहेको लाईन क्वाटरहरुमा बस्ने अधिकांश व्यक्तिहरुले भारत तर्फ़ रहेको झ्याल बाट माल सामान छिराएर नेपाल तर्फ़को ढोका बाट निकाली तस्करी भई रहेको भिडियो सहितको सामाचार आएपछी इलाका प्रहरी कार्यालय रानी बाट प्रहरी निरिक्षक दिपक थापा सहितको टोलीले आफ़ै आएर सबै भारत तर्फ़को झ्यालहरु सिल गरेको थियो । दक्षिणगेठको झ्यालहरु सिल भएपछी उक्त स्थान बाट हुने गरेको कपडा, मरिच, चिनी, केराउ, खाध्यान्न सामग्री, औषधि, माछा, लागुऔषध लगायतका सामानहरु ओसार पोसार भईरहेको सामानहरु नेपाल भित्र्याउन समस्या भएपछी तसकरी तथा त्यस्ता पेशामा संलग्न रहेका व्यक्तिहरुले त्यही नजिकै रहेको बिराटनगर जुटमिलमा कोईला पुर्याउने रेल गाडी प्रवेश गर्ने एक फ़लामे गेठ मुनी भत्काई त्यही बाटै सबै काम गर्ने गरेका छन । उक्त क्रियाकलाप रोक्न सोही ठाउमा इलाका प्रहरी कार्यालय रानीको एक जना प्रहरी चौबिसै घण्टा तैनाथ भएपनी त्यहा खटिएका प्रहरीलाई समेत स्थानियहरुले लोकल हु भनि हेपेर राख्ने गरेका छन । यदि उक्त स्थानमा कोही प्रहरीले कसैलाई अवरोध पुर्याउन खोजेको खन्डमा त्यहिका युवाहरु भारत तर्फ़ गैइ प्रहरीमाथी ढुङ्गा पत्थर बर्साउन सुरु गर्छन र भारतीय लागुऔषध बिक्रेताहरुले त्यस्ता क्रियाकलाप गर्छन भनि आरोप लगाई पन्छिने गरेका छन । उक्त ठाउको स्थलगत सामाचार संकलनमा पुग्ने पत्रकार संचारकर्मिलाई समेत बेला बेलामा धम्की तथा दुर्वयवहार गर्ने गरेका छन ।

मुख्य सिमा सिल भएको हुनाले १००/२००/३०० मिटरको दुरीमा अझै सुरक्षाकर्मी परिचालन भएर एकै ठाउमा एक जना भन्दा बढी प्रहरी खटाउन जनशक्ति आभावका कारण उक्त ठाउ घरै घरले घेरिएको र दक्षिणगेठको ढोका बाट निस्केपछी त्यहा रहेको गल्लीहरुबाट मान्छे हराउने र दक्षिणगेठको ढोका पारी भारत तर्फ़ प्रहरीलाई तानेर लगिने प्रयास समेत त्यहा पहिले भैइसकेको हुनाले प्रहरीहरु होई होई मात्र गरेर बस्नुपरेको बाध्यता रहेको प्रहरीको गुनासो रहेको छ । पहिले पनि इलाका प्रहरी कार्यालय रानीको टोलीले उक्त ठाउमा काडे तार, टिना बास लगायतका सामानहरु सहित दक्षिणगेठको ढोका बन्द गरेको केही घण्टामै उक्त अवरोध हटाई पुनः ताकरी तथा दुर्व्यसनी संरक्षणको कार्य निरन्तर चलिनै रहेको छ । सो ठाउमा बाहिर बाट कोई त्यस्तालाई अवरोध पुर्याउने संकास्पद व्यक्ति वा टोली देखापरे सबै सावधान समेत हुनेगरेका छन । बेला बखतमा बिओपि रानीको सशस्त्र प्रहरी पनि उक्त ठाउमा पुगेर रानिको प्रहरीलाई सहियोग गरेपछी सो क्रम केही हद सम्म कम हुनेगरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot