Rashtriya Dainik

नेपालभाषा पुनस्थापना अभियानमा डंगोल र महर्जन टिमको महत्वपूर्ण याेगदान : पुर्व क्याम्पस सहायक आचार्य

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको स्नातक तेस्रो बर्षका नेपालभाषा विद्यार्थी तथा गुरुवर्गहरुको संयुक्त आयोजनामा बिदाई कार्यक्रम साेभिनियर ग्यालरी सभाहल साेल्टिमाेडमा शुक्रबार सम्पन्न भयो ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.सं. २०७४ सालमा बि.ए. तहमा नेपालभाषा पुनस्थापनाको कदर स्वरुप तथा तथा बिए. तह. उत्तीर्ण विद्यार्थीहरुलाई साे क्याम्पसका प्रमुख अतिथि पुर्व क्याम्पस सहायक प्रमुख गोविन प्रसाद आचार्य, नेपालभाषा शिक्षक चन्द्रमान बज्राचार्य, नेपालभाषा शिक्षक मदनसेन बज्राचार्य, नेपालभाषा शिक्षिका श्रीमिला सुवाल, अनुपसिंह सुवालले क्रमशः साे क्याम्पसबाट बि.ए. तह अध्ययन पूरा गर्नु भएका रितेश मल्ल, साेमी डंगाेल, प्रशान्त डंगाेल, इन्द्रमान महर्जन, सुराेज तन्दुकारलगायतका विध्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक प्रा.डा. मदनसेन बज्राचार्यले बि.ए तहमा नेपालभाषा विषय लिएर पास हुनुभएका नेपालभाषा विद्यार्थीहरुले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो । साथै अतिथि नेपालभाषा शिक्षिका श्रीमिला सुवालले नेपालभाषा अभियान कक्षा पुनरुपमा स्थापना शुरु गरेर जीवन अर्पन गर्ने एैतिहासिक विद्यार्थी, शिक्षक, शिक्षिकाहरूकाे संयुक्त प्रयासमा एैतिहासिक कार्य भएकाे जनाइन् ।

कार्यक्रमका प्रमुख अतिथि रत्न राज्यलक्ष्मी क्याम्पसका पुर्व क्याम्पस सहायक प्रमुख गोविन प्रसाद आचार्यले एकदम विकट परिस्थिति गुज्रदै गएको नेपालभाषा कक्षा वि.सं. २०७४ सालमा बि.ए. तहमा पुनस्थापना तथा एम.ए. मास्र्त कक्षा सञ्चालन गराउनमा प्रशान्त डंगोल र रिदेन महर्जनको टिमको महत्वपूर्ण योगदान चर्चा गरे ।

बौद्धराम रामहिटीका श्री नवजागृती माध्यामिक विद्यालयका नेपालभाषाका शिक्षक एवम् बि.ए. तह अध्ययन सफल भएका सोमी डंगोलले सम्पूर्ण गुरुवरहरुकाे सहयाेग र साथ दिएकाले आफ्नाे सफल भएकाे जनाए । नेपालभाषा अभियान यस स्थानसम्म आइपुग्नमा सबैको उल्लेखनीय भूमिका रहेकाे छ । साथै मेरो अर्थात म भावना नलिइ हाम्रो अर्थात हामी सबैको भावनाका अघि बढेमा अझ बढि राम्रो हुने धारणा राखिन् ।
कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्राचार्यले रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी पास भएकाहरुलाई विदाई समरोह इतिहासकै पहिलो कार्यक्रम भएको जनाए ।

अतिथि नेपालभाषा शिक्षक याेगेन्द्र राजकर्णकार गायन प्रस्तुति, नेपालभाषा शिक्षिका दिप्ना र्शमा समेत पाल्नु भएकाे कार्यक्रममा गीत तथा कबिता , बि.ए. तहमा अध्ययनरत विध्यार्थीहरू इन्द्रमान महर्जन, सुमितदास रञ्जित, श्री सुगन्ध राजकर्णीकार, ओम कृष्णले प्रस्तुत गरेका थिए । श्रीजनमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बि.ए. प्रथम बर्षकी चन्ता मुनिकारले स्वागत मन्तव्य राखेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित