आरपि उपाध्याय / नवलपरासी , २९ फागुन
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्ला अन्तर्गत भएका गतिविधिलाई एक कार्यक्रमको बिच सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भइ आएका प्रहरी उपरीक्षक विनोद शिलवालले माघ २७ गते देखि हालसम्म गरेको गतिविधि र क्रियाकलाप बारे जानकारी गराउनु भएको हो।
प्रहरी प्रमुख शिलवालले जिल्लामा आएको एक महिनाको अवधिमा अपराधको अवस्था र चुनौतीबारे जानकारी गराउदै खुला सिमाना र पुर्व/पश्चिम राजमार्गबाट उत्पन्न असहज अवस्था न्यूनीकरण गर्न नागरिक सङ्ग समन्वय गरि अगाडि बढ्दै नागरिक मैत्रीको अवधारणालाई आत्मसात गरेको जानकारी दिनुभयो।
घरेलु र महिला हिंसा न्यूनीकरण गर्ने कार्यालाइ प्राथमिकताका साथ अगाडि बढाइएको र आत्महत्या न्यूनीकरण गर्ने कार्यलाई जनचेतनामूलक कार्यक्रमबाट रोकथाम गर्ने कार्यबारे पनि सञ्चारकर्मीलाई जानकारी गराउनु भएको थियो।
पश्चिम नवलपरासीमा २० को सङ्ख्यामा प्रहरी युनिट रहेकोमा सबै युनिटसङ्ग समन्वय गरि आ.व.०७९/८० मा अपराधका मुद्दा दर्ता गर्ने कार्यमा कमि आएको जानकारी गराउदै जिल्लामा फरार प्रतिवादीलाई नियन्त्रणमा लिने कार्य पनि प्रहरीले अगाडि बढाएको कार्यक्रममा जानकारी गराइएको छ।
जिल्लाका सञ्चारकर्मीहरुलाई ताजा सुचना दिने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउदै पत्रकार मैत्री कार्यलाई थप निरन्तरता दिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। लागू औषध दुर्व्यसनी नियन्त्रण र नदिजन्य सामाग्रीको अवैध कारोबार रोक्न मातहतका निकायलाई कडा निर्देशन दिइएको बताउदै नागरिकको माग बमोजिम अस्थायी प्रहरी पोस्टको स्थापना गर्न विधि र प्रक्रिया अनुसार अगाडि बढ्ने पनि बताइएको थियो। जिल्लामा चालू आ.व. को ८ महिने अवधिमा ५ करोड १४ लाखको राजस्व असुली भएको र माघ र फागुन महिनाको हालसम्म ५३ फरार प्रतिवादीलाई कानुनको दायरामा ल्याइएको पनि बताइएको थियो।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका सभापति हरि शर्मा र प्रहरी नायब उपरीक्षक भोजराज पान्डे लगायतले कार्यक्रमको विविध पक्षमाथी प्रकाश पार्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

