अारपि उपाध्याय / नवलपरासी , २८ फागुन
ईन्फिनिटी लघुवित्त वित्तिय संस्था शाखा कार्यालय विनयी त्रिबेणी ७ रानिनगर पुर्वी नवलपरासीको आयोजनामा समुह गोष्ठी तथा वित्तिय साक्षरता सम्बन्धि एक दिवसिय कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
शाखा प्रमुख अनिल यादवको अध्यक्षता तथा विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले घरायसी खर्चलाई ब्यवस्थापन गरेर गरिने आर्थिक क्रियाकलापले व्यक्तिको आय स्तर बृद्धि हुने धारणा राख्नुभयो ।
वडाध्यक्ष कार्कीले आय स्तर बृद्दिबाट नै घरपरिवार सुखी हुने हुदा त्यस तर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख समेत गर्नुभयो ।
कार्यक्रममा विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ र ७ तथा सुस्ता गाउपालिका वडा नम्बर २ र ३ का गरि ५० जनाको सहभागिता रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

सो अवसरमा गोष्ठीको सहजिकरण विराटपति गक्षदार र प्रकाश घिमिरेले गर्नुभएको थियो । २०७४ सालमा स्थापना भएको लघुवित्त संस्था विनयी त्रिबेणी ७ ले विनयी त्रिवेणी, सुस्ता र प्रतापपुर गाउपालिकाका विभिन्न वडाहरुमा लक्षित वित्तिय कार्यक्रमहरु गर्दै आइरहेको शाखा प्रमुख यादवले जानकारी दिएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

