Rashtriya Dainik

सुस्ता गाउँपालिकाले कृषकलाई व्यवसायिक उत्पादनतर्फ अग्रसर गराउदै

उमेश बि.क / नवलपरासी , २७ फागुन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले कृषकलाई व्यवसायिक उत्पादनतर्फ अग्रसर गराउने उद्देश्यले कृषक पाठशाला संचालन गरी तरकारी लगाउन सिकाइएको छ।

सुस्ता गाउँपालिका वडा नम्बर ३ मा अवस्थित फेनहरा थारुटाेलका कृषक समूहलाई तरकारी बाली लगाउने तरिकाबारे तरकारी बालिमा कृषक पाठशाला तालिम मार्फत सिकाइएकाे हो।

बीउदेखि भण्डारसम्मको लागि कृषक समूहलाई ब्यवहारिक र सैद्धान्तिक तालिम मार्फत व्यवसायिक कृषक कसरी बन्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको हो।

सुस्ता गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिलाल दुसाधकाे अध्यक्षता तथा पालिका अध्यक्ष टेक नरायण उपाध्यायकाे प्रमुख अातिथ्यतामा १६ हप्ते पाठशाला समापन कार्यक्रमको सम्बाेधन गर्दै पालिका अध्यक्ष उपाध्यायले निर्वाहमुखी कृषि ब्यवसायभन्दा माथि उठी स्थानीय स्रोतसाधन प्रयोग गरी व्यवसायिक कृषक बन्न सबैमा अनुरोध गर्नुभएको थियोे ।

त्यस्तै उपाध्यक्ष गिता चाैधरीले कृषकलाई व्यवसायिक कृषक बनाउने तालिम सन्चालन भएकोलेले सिकेको कुरा ब्यवहारमा उतार्दै निर्वाहमुखी कृषि पेशा गर्दै आएका महिलालाई व्यावसायिक बन्न सुझाव दिनुभएको हाे।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले पालिकाले कृषिलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेकाे बताउँदै कृषि गर्ने कृषकको लागि पालिकाले उल्लेखनीय सहयोग गरेको बताउदै कृषकलाई व्यबसायिक बनि अात्मनिर्भर बन्नका लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रम कृषि विकास शाखा आइपिएम सहजकर्ता किरण कुमारी चौधरीले मौसमी र बेमौसमी तरकारी लगाउने विधि र रोग लाग्नबाट बचाउने उपायबारे जानकारी गराउनु भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित