मुक्ती तिवारी बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले नगरको समृद्धि र बिकासको प्रमुख आधार नै उधमशिलता रहेको बताउनु भएको छ। बर्दघाट नगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोग एवम शशी ढाका कपडा उधोगको प्राविधिक सहयोगमा चौपत्तामा सन्चालित तीन महिने ढाका कपडा बुनाई तालिमको समापन समारोहमा बोल्दै उहाले स्थानिय स्तरमै स्वरोजगारि सिर्जना ,जिविको पार्जन र आर्थिक बिकासका लागि यस्ता लघु उधोमहरुले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो। कृषि,साना घरेलु उधोग लगायत विभिन्न किसिमका उधमशिलताले मात्र नगर समृद्ध हुने तर्क ब्यक्त गर्नु भयो।नगरले स्थानिय स्तरमा उत्पादन भएका सामाग्रीहरुलाई स्थानिय स्तरमै खपत गरि सहज बजारीकरणलागि बिक्रि स्थल निर्माण गर्ने योजना रहेको र स्थानिय उत्पादनरुको प्रोत्साहनकालागि आफू प्रतिबद्ध रहेको बिस्वास ब्यक्त गर्नु भयो। त्यसै गरि कार्यक्रममा बोल्दै नगर उप-प्रमुख मायादेवी पौडेल र वडा नम्बर १४ का अध्यक्ष केशव खत्रीले आफ्नै गाउठाउमा सन्चालन गरिएका सिपमुलक तालिम हरुले जिविकोपार्जनमा टेवा पुग्ने मात्रै नभै हासिल गरेको सीप भावी दिनमा समेत ब्यवसायमुखी र उपलब्धिमुलक रहनु पर्नेमा जोड दिनु भयो। तालिममा १० जना महिलाहरु सहभागी भएका थिए।तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र सहित कपडा बुन्ने ३ थान तान हस्तान्तरण गरिएको थियो।तालिमको सहजीकरण वडा सदस्य एवम् कार्यलालिका सदस्य बुद्धिमाया सुनारले गर्नु भएको हो।वडा अध्यक्ष केशव खत्रीको अध्यक्षता एवम नरगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन वडा सचिव टङ्कनाथ भन्डारिले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।