उमेश बि.क / नवलपरासी , १ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ अादर्श मा.बि.खाेखरपुरामा सरावल गाउँपालिका स्तरिय अन्तर विद्यालय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

अादर्श मा.बि.खाेखरपुरा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जगदिस चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यता र उपाध्यक्ष बासमति हरिजनकाे विशेष अातिथ्यतामा रनिङ शिल्ड प्रतियोगिता उद्घाटन भएको हाे ।

उद्घाटन समारोहमा पालिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीले विद्यार्थीका लागि खेलकुद आवश्यक रहेकाले यसको विकासका लागि आफू लागि पर्ने बताउनुभयाे । वहाँले रनिङ शिल्डले विद्यार्थीकोे प्रतिभाको प्रष्फूटन हुनेमा विश्वास ब्यक्त गर्दै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । विद्यालयले आफ्नो वार्षिक कायक्रममा खेलको लागि केहि बजेट छुट्टयाएर त्यही अनुसारको प्रशिक्षक राख्नु पर्ने बताउदै प्रत्येक खेलबाट राष्ट्रकालागि खेल्न सक्ने खेलाडि उत्पादन गर्न जोड दिनु पर्ने बताउनु भएको थियो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो ।
त्यस्तै शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख तुल्सि अधिकारीले खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने भनाइ राख्नुभएको थियोे ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नं १ का वडा अध्यक्ष विष्णु प्रसाद भट्टराई ,वडा नम्बर २ का कार्यवाहक अध्यक्ष तुफानिलाल गुप्ता, वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता, जनता मा.वि भुजहवाका प्र.अ कृष्ण कुसवाहा, समाजसेवी हरिलाल यादव लगाएतकाे उपस्थिति रहेको थियो ।

सरावल गाउँपालिका वडा नम्बर १ अादर्श मा.बि.खाेखरपुरामा आयोजना भएकाे रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने अतिथिहरुले खेलकुद स्वाथ्य र जीवनका लागि पनि आवश्यक रहेको बताएका छन् । प्रतियाेगिता फाल्गुन ३ गते सम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।

प्रतियोगितामा १६ विद्यालयका करिब ३०० विद्यार्थिहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने गरी सो प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ३० वटा विभिन्न खेलहरु समाबेश गरिएको छ।

प्रतियोगिताको बिजेताले राष्ट्रपति रनिङ शिल्डसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने अादर्श मा.बि. खोखरपुराका प्रध्यानाध्यापक एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक देवनारायण चौधरीले जानकारी दिनु भएको छ ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

