ज्ञानेश्वर साहनी / नवलपरासी , ०१ फागुन ।
पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालय नवलपरासी ब.सु.प को नव निर्मित भवनहरुको समुद्घघाटन समारोह प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिँहबाट सम्पन छ।
जिल्ला प्रहरी कार्यालय प्रमुख बिनोद सिलवालको अध्यक्षतामा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिँह, विशिष्ट अतिथि रामग्राम नगरपालीका अध्यक्ष धनपत यादव, अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्याल, प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राई, प्रहरी बरिष्ठ उपरीक्षक राम कुमार चौधरी, प्रहरी बरिष्ठ उपरीक्षक रेवती ढकाल, प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी प्रकास देवकोटा, गोरख दल प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठ, शस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र राज न्यौपाने, उप अनुसन्धान निर्देशक अशोक राज भट्ट, लुम्बिनी प्रदेश प्रविधिक प्रहरी ईन्जिनियर ध्रुव अधिकारी लगायत उपस्थित रहेका थिए ।
४ करोड ३७ लाख ६१ हजार ५ सय ८४ रुपैयाको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयको जग्गामा सिनियर प्रहरी अधिकृत आवास कार्यालय प्रमुख निवास व्यारेक तथा थुनुवा कक्ष भवनहरुको सम्पुर्ण कार्यहरु समपन्न भएको छ ।
नेपाल सरकारले लागु गरेको अचार संहिता पालना गर्दै १० वटा कोठा ३ हजार ४० वर्ग फिट क्षेत्रफलमा सिनियर अधिकृत आवास व्यवस्थापन गरेको छ । जस मध्ये भुई तल्ला र पहिलो तल्लामा सुत्ने कोठा सहित किचनको ब्यवस्था रहेको छ ।
आधा तल्ला कार्यालय प्रमुखको निवास ५ वटा कोठा सहितको १ हजार ७ सय वर्ग फिट क्षेत्रफलमा ब्यवस्थापन गरेको छ । जसमा सुतने कोठा सहित किचनको ब्यवस्था छ ।
यसतै थुनुवा कक्षको भुई तल्लामा महिला र पुरुष गरी ३ वटा सुविधा समपन्न थुनुवा कक्षहरु गार्ड कोठा र पहिलो तल्लामा एउटा हिरासत कक्ष जिन्सी भन्डारण कक्ष र प्रबन्ध शाखा कुल ३ हजार १ सय २४ वर्ग फिट क्षेत्रफलमा ब्यवस्थापन गरिएको छ ।
व्यारेक भवनको भुई तल्लामा ४ वटा कोठा र पहिलो तल्लमा ४ वटा कोठा र शौचालय सहित ३ हजार ९ सय ६१ वर्ग फिट फलोर क्षेत्रफलमा निर्माण गरेको छ ।
सबैको सदभाव र सहयोगले निर्माण समपन्न भौतिक पुर्वाधारहरु लामो समय सम्म आम नागरिकहरुको सेवा र सुरक्षामा अहोरात समर्पित प्रहरी जनशक्तिले उपभोग गर्न सकुन र आफनै सनततिलाई झै माया गरी यहांहरुबाट संरक्षण एवं जगेर्ना हुनेनै छ भन्ने कामनाका साथ यस भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष योगदा दिनु हुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै लुम्बिनी प्रदेश प्रविधिक प्रहरी ईन्जिनियर ध्रुव अधिकारीले निर्माण समबन्धि प्रतिवेदन टुङग्याउन भएको छ ।

प्रहरी प्रमुख सिनियर प्रहरी अधिकृत आवास र थुनुवाहरूको लागि भवन निर्माण भएको छ । स्थानिय र प्रहरीहरूको साझेदारीमा समाजमा भईरहेका कुरितीलाई रोक्न सकिन्छ प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए । नेपाल भारत खुल्ला सिमानाका कारण ब्यपारीहरूलरूले अवैध तरिकाले ल्याउदा हाम्रा नवलपरासीका समान्य जनताहरूलाई पनि समस्या भएको छ ।
नगरपालीकाको आर्थिक न्यून रहेकोले प्रयाप्त मात्रामा हामीहरूले नगर प्रहरी भर्ना गर्न नसकेर नेपाल प्रहरीहरू सँग सहयोग लिने गरेका छौ र सहयोग लिने छौ नगर पालीका अध्यक्ष धनपत यादवले बताए।
जिल्ला प्रहरी कार्यालयका नव निर्मित भवनहरूको समुदघाटन गर्न पाएकोमा हार्दिक धन्यबाद दिदै अहोरात दिन खटिने नेपाल प्रहरी खटि आएको बेला सुतन नपाएपछि उनीहरूको प्रत्यक्ष रुपमा असर गर्छ । यो नव निर्मित भवन नेपाल प्रहरीको मात्र नभई हामी स्थानिय सबैको साझा भवन हो । अहिले पनि ८ सय ८० वटा नेपाल प्रहरीको कार्यालयमा भवन छैन । तस्करी नियन्त्रण गर्न नेपाल सरकारको गृह मन्त्रालय लगाय पहिलो प्राथमिकतामा राखेको छ । मानव बेच बिखन तथा महिला ओसार पोसार विशेष अनुसन्धान गर्न सचेत गराउदै मधेसमा अहिले पनि छोरा छोरीहरूलाई उच्च शिक्षाको लागि अभिभावकहरुमा विभेद मानसिकता रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिँहले बताईन ।उनका अनुसार नेपाल प्रहरीलाई प्रत्याक्ष तथा अप्रत्क्ष सहयोग गर्नु हुने सबै लाई धन्यबाद दिएकी हुन ।
सिमाक्षेत्रका स्थानियहरू समान ओसार पोसार गरेर मिठो खाना खान्छन पकेटमा आम्दनी पनि हुन्छ तर अशल नागरीक बन्न सक्दैन प्रदेश प्रहरी प्रमुख राईले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

