Rashtriya Dainik

‘सतपती’मा साँस्कृति संग्रालय बनाउदै सुस्ता गाउपालिका

नवलपरासी, १ फाल्गुन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ स्थित चुहाडी क्षेत्रलाई बौद्धतिर्थ स्थल तपती घोषणासँगे गाउपालिकाले सो क्षेत्रमा साँस्कृति संग्रालय बनाउने भएको छ ।

माघ पूर्णिमाको अवसर पारेर हालै सुरता २ स्थित चुहाडी क्षेत्रलाई बौद्धतिर्थ स्थल तपती घोषणा गरिएको थियो ।

स्थानिय संस्कृति र सस्कृति बस्तुलाई संग्रह गर्ने र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले गाउपालिकाले सो क्षेत्रका साँस्कृति संग्रालय बनाउन लागेको हो ।

आदीवासी जनजातीको संस्कृति, प्राचिन कोलिय संस्कृति र अन्य बौद्धकालिन संस्कृतिको पुर्नउत्थान गर्नुका साथै साँस्कृति वस्तुको संरक्षण, प्रवद्र्धन र पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि गाउपालिकाले साँस्कृतिक संग्रालय बनाउन लागेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए उनका अनुसार पहिलो वर्षमा ३० लाख रुपिया बजेट बिनियोजन भएको छ काम गर्दै गए पछि आवश्यकता अनुसार संग्रालय निर्माणका लागि थप बजेट विनियोजन गर्दै जाने उनको भनाई थियो तराई मधेश समृद्धि कार्यक्रमलाई पनि सो क्षेत्रमा साँकृतिक तथा पर्यटकिय क्षेत्रको विकासका लागि बजेट माग गरिएको छ, उनले भने, सो रकम आएमा तिब्र गतिम यस क्षेत्रमा पर्यटकिय पुर्वाधारको विकास हुने छ हालै बौद्धकालिन सतपती बौद्धतिर्थ स्थल भएको घोषणाले पनि स्थानियबासी उत्साही भएका छन्, उनले थपे, यो संग्रालय निर्माणले पनि यस क्षेत्रको पर्यटन क्षेत्र विकास हुनेगा विश्वास लिएका छौ।

परापुर्व काल देखी साँस्कृति रुपमा स्थानियले विभिन्न धार्मिक आस्थाले मान्दै आएका थिए। सतपती घोषणा कापले यस क्षेत्रको प्राचिनता पनि झल्किने भएको छ यसलाई बौद्धपरि जोडेर विकास गर्दै जाने गाउपालिकाको योजना पनि रहेको छ अगामी दिनमा यहाँका आवश्यकता अनुसार थप कार्य गर्दै लगिने उनले जानकारी गराएका थिए माघ २२ गते स्थानिय स्तरमा चिनिने गरेको स्थान बौद्धकालिन प्राचिन सतपती तिर्थ स्थल भनेर माघ पुर्णिमाको अवसर पारी गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले सो घोषणा गरेकी थिईन् ।

बुद्धको महत्वपूर्ण सन्देश दिएको सतपती स्थल हो संसारका मानिस बुद्ध जन्मेको देश नेपाल चिन्ने गरेका छन् बुद्धले कोलिय राज्य भित्रका विभिन्न स्थानमा गएर महत्वपूर्ण धर्मोपदेश गरेका स्थान मध्ये यो सतपती पनि महत्वपूर्ण स्थान हो यसले स्थानियबासीको संस्कृतिक विकास, आर्थिक विकास र अध्यात्मिक लाभ प्राप्त गर्नेमा सक्षम बनाउने छ बौद्ध साहित्य तथा प्राचिन कालमा चिनियायात्री गेसोग समेत सो स्थानमा पुगेको र आफ्नो यात्रा वृतान्तमा सतपती भनेर उल्लेख गरिएको छ। प्राचिन स्थलको रूपमा पुरातत्व विभागले प्राचिन स्मारक भनेर बोर्ड त गाडेको छ । तर यसको पहिचान के होला ? भनेर स्थानिय तथा आउने पर्यटकमा चाँसो हुने गरेको थियो अहिले कम्तीमा घोषणा गरिएका कुरालाई लिपिबद्ध तरिकाले वा अन्य माध्यमले पनि संग्राहलयमा संरक्षित गरेर

राख्नका लागि पनि सतपती क्षेत्रमा साँस्कृतिक सँयालय बनाउन लागिएको छ विपश्यना अन्तरगतकै एक महत्वपूर्ण अभ्यास सतिपठ्ठान ध्यान साधाना पनि हो, सोही नामले प्राचिन कालमा सतपती भनेर चिनिने गरिएको हुन सक्ने उनको भनाई थियो जुन ढंगेसाँग यात्रा गर्दै आउदा भेटाएको र आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका छन्।

उनले तिन सय पुरानो मानव अंग दाल पनि फेला परेको उल्लेख गरिएको छ संग्रहालयमा ति दात अहिले पनि भएको र त्यसको परिक्षण गरि पहिचान गर्न सकिएमा युनेस्कोले यसलाई पनि विश्वसम्पदामा सुचिकृत गर्न सक्ने आधार भएको स्थानिय जितराम पंजियारले बताए। अब बौद्ध तिर्थ स्थल त घोषणा भयो, उनले थपे, अब यसलाई गाउपालिकाले आफ्नो गौरक योजनामा समावेश गरि लगानी पनि गर्नु पर्छ । स्थानिय र गाउपालिका दुबैले विश्वसम्पदामा सुचिकृतका लागि पुरातात्विक खोजका लागि पनि अग्रसरता देखाउनु पर्ने उनको आग्रह थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित