भोलि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । अाज बसेको मन्त्रीपरिषदको बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा माओवादीको नेतृत्वमा देशमा भिषण गृहयुद्ध चलेको थियोे ।
संयोगबस नै अाज भन्दा २७ बर्ष अगाडि जनयुद्धको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्ड अाज सरकारको पनि नेतृत्व गरेका छन् । अहिलेको गणतन्त्रको जन्मदाता तत्कालीन माओवादी भएकोमा भने दुई मत छैन तर पार्टीले जनयुद्ध शुरुआत गर्दै गर्दा गरेका वाचाहरु पूरा गर्न नसकेकोमा भने अहिले शुभचिन्तक तथा माओवादी कार्याकर्ताहरु भने निराश देखिएका छन् ।
दस बर्ष सम्म चलेको जनयुद्धको क्रममा झन्डै १६/१७ हजार नागरिकहरुको ज्यान गएको थियोे भने हजारौं घाइते भएका थिए । सयौंको संख्यामा बेपत्ता भएका नेता तथा कार्याकर्ताहरुको स्थिति अहिलेसम्म पनि सार्वजनिक भएको छैन ।
जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण सहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

