Rashtriya Dainik

पश्चिम् अमवा खानेपानीको १० औं साधारण सभा सम्पन्न

तुलसीराम पौडेल / रुपन्देही ,२९ माघ

रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीले साबुन पानीले हात धोएर र खानेपानीको पानी पिएर साधारण सभा एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो। सो अवसरमा उहाँले पश्चिम् अमवा खानेपानीको लागि बजेट विनियोजन गाउँपालिकाले निरन्तर रूपमा गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।शुद्ध खानेपानी स्वास्थ्यको लागि अति आवश्यक रहेकोे हुनाले खानेपानी जडानको लागि जनतालाई प्रेरित गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था महासंघ रुपन्देहीका अध्यक्ष ध्रुब धिताल र सियारी गाउँपालिका वडा नम्बर -७ का वडा अध्यक्ष दिपक कुमार शाहीले खानेपानी संस्था तथा खानेपानी सम्बन्धि आ- आफ्नो विचार प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको वार्षिक प्रतिबेदन प्रस्तुत , कोषाध्यक्ष कपिल न्यौपानेबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक जोगराज अधिकारी द्वारा लेखा समितिको प्रतिवेदन प्रस्तुत रहेको थियो । साधारण सभामा आर्थिक बर्ष २०७८/०७९ को १ करोड ,४ लाख २२ हजार ५ सय ६१ रुपैयाँँ ९३ पैसा बराबरको आय व्यय प्रस्तुत गरिएको थियोे ।
संस्थाका उपाध्यक्ष रत्न बहादुर पौडेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन संस्थाका सचिव केशव अधिकारीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित