राष्ट्रिय दैनिक / नवलपरासी , २८ माघ
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका बहुसरोकारवालाहरुको फोरम संयोजकमा राधिका चौधरी चयन हुनु भएको छ।
शुक्रबार पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको अध्यक्षतामा भएको भेलाले आगामी ३ बर्षकालागि सरोकारवालाहरुको फोरम गठन गरेको छ ।
सुनवल सामुदायिक विकास केन्द्रकाे सामाजिक परिचालक राधिका चौधरीको संयोजकत्वमा १७ सदस्यीय फोरम गठन भएको छ । जसको सदस्यमा महिला बालबालिका शाखा प्रमुख सुमन कुमारी गुप्ता, माइति नेपालकी संगीता पुरी, एविसी नेपालका राजेश आर्य, आफन्त नेपालकी माधुरी लिम्बु, आशिस नेपालकी एलिसा सेन ठकुरी, मेलमिलाप केन्द्रकी मन्जु चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी भिमकुमारी राना, इलाका प्रहरी कार्यालय महेशपुरका जीवन आचार्य, हिन्दु धर्मगुरु श्रीकान्त मिश्रा, मुस्लिम धर्मगुरु हसन सेख, असल छिमेकी नेपालका गौरव महतो, जनजाती महिला द्रौपती चौधरी, अपाङ्गता भएका अहमत धोवी, महिला स्वास्थ्य स्वयं सेवीका थलमाया चौधरी र संचारकर्मी मेघराज गौतम रहनु भएको छ ।
सो अवसरमा माइति नेपालकी संगिता पुरी, आशिस नेपालकी एलिसा सेन ठकुरी र आफन्त नेपालकी माधुरी लिम्बुले सिमा क्षेत्रमा संस्थाले गर्ने दैनिक कामका बारेमा बोल्नु भएको लैंगिक समानता कार्यक्रम संयाेजक ज्याेति सिंह रायले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

