बारा, २८ माघ / जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाको बिदाइ कार्यक्रम सम्पन्न भएको छ । युवा बिकास नेपालले आयोजना गरेको बिदाइ कार्यक्रममा बिभिन्न राजनीति दलका नेताहरूको सहभागीतामा सम्पन्न भएको हो ।
प्रहरी संगठन भित्र चल्दै आएको बिदाइ तथा स्वागत कार्यक्रमको बिषयमा नेपालि काङ्ग्रेस बाराका जिल्ला सचिव राजेश रौनियारले हामि स्वागत होइन, राम्रो काम गर्नेलाई सम्मान पुर्वक बिदाइ गर्छौ र गरिरनेछौ भन्दै आफ्नो मन्तव्य ब्यक्त गरेका छन । शनिवार जिल्ला सचिवको निजि सचिवालयमा आयोजित डिएसपि राजेश थापाको बिदाइ कार्यक्रममा सचिव रौनियारले काम देखेर कामको मुल्यांकन गरि बिदाइ गरिएको तर कुनै किसिमको हालसम्म आफ्नो सचिवालयमा स्वागत नगरिएको बताए ।
कार्यक्रममा वक्ताहरूले जिल्लामा बढदै गएको मोटरसाइकल चोरी लगायतको घटना न्यूनीकरणमा प्रहरी नायब उपरीक्षक राजेश थापाले अहम भुमिका खेलेको बताएका थिए । उहाहरूले स्थानीय तह लगायत तिन तहकै निर्वाचनमा समेत प्रहरी नायब उपरीक्षक थापाले अहम भुमिका खेलेकै कारण जिल्लामा शान्ति पुर्वक निर्वाचन सम्पन्न भएको बताए ।
कार्यक्रममा जसपाका प्रदेश उपाध्यक्ष सुशिल यादव, नेपालि काङ्ग्रेस बाराका सचिव राजेश रौनियार, पत्रकार एवम समाजसेवी उमेश दुबे, एमालेका पुरूसोतम साह, काङ्ग्रेसका चन्द्रीका गुप्ता, लोसपाका बिकास सिंह, राकेश पान्डे, प्रमोद सिंह, हरि ओम साह लगायत ५२ जनाको उपस्थित रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

