Rashtriya Dainik

पोखरा विमानस्थल भित्रको ह्याङ्गर ५ वर्षका लागि भाडामा दिइने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण भएको ह्याङ्गर (वायुयान मर्मतमा प्रयोग हुने भवन) ५ वर्षका लागि भाडामा लगाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ह्याङ्गर भाडामा दिने सम्बन्धमा बोलपत्र आह्वान गरेको छ । ह्याङ्गर भवनको न्यूनतम ठेक्का रकम ११ करोड ४१ लाख ७४ हजार तोकिएको प्राधिरकणले जनाएको छ ।

दोस्रो आर्थिक वर्षदेखिको भाडा रकम नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकांकको अनुपातमा स्वतः वृद्धि हुने शर्त समेत राखिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित