पोखरा, २८ माघ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं पोखरा रात्रिकालीन उडानको तयारी भएको छ । फागुन ११ गते अथार्त २३ फेब्रुअरी रातिदेखि नयाँ विमानस्थलबाट जहाजहरूले रात्रिकालीन उडान र अवतरण गर्न सक्ने विमानस्थल प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।
उनका अनुसार सो दिनदेखि उपकरणमा आधारित उडान र अवतरण सेवा विमानस्थलमा सञ्चालनमा आउने छ । विमानस्थल उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।
अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा रहेको छ । पोखरा विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान रोकिने छैन । नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा पुग्न र पोखराबाट अन्य शहरमा फर्कन सहज हुने छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

