दाङ : सीता एयरले दाङ–काठमाडौं उडान फागुनदेखि शुरु गर्ने भएको छ । माघ २५ गते बुधबारदेखि हवाई सेवा दिने जनाएको सीता एयरले फागुन ३ गतेदेखि हवाई सेवा दिने जनाएको छ । यसअघि दाङ–काठमाडौं हवाई सेवा नेपाल बायु सेवा निगमले दिँदै आएको छ । यसअघि सीता एयरले माघ २५ गतेदेखि हप्तामा एक दिन हवाई सेवा दिने जनाएको थियो ।
सीता एयरले फागुन ३ गतेदेखि नियमित उडान भर्ने जनाएको छ । सीता एयरले माघ १३ गते टरिगाउँ विमानस्थलमा परी क्षण उडान गरेको थियो । तयारी पूरा नभएपछि उडान कार्यलाई केही दिन पर सारिएको सीता एयरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिए । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

