राष्ट्रिय दैनिक / नवलपरासी , २५ माघ
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ मा अवस्थित सुनवल सामुदायिक बिकास केन्द्रकाे २२ अाैँ स्थापना दिवस मनाएकाे छ।

सुनवल सामुदायिक बिकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाकाे अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष भिम बहादुर थापा (भरत) काे प्रमुख अातिथ्यतामा एक कार्यक्रमबिच सुनवल हिलपार्कमा बृक्षाराेपण गरिएको हाे।

संस्थाले प्रत्येक बर्ष बिविध कार्यक्रमका साथ मनाउदै आएकाे स्थापना दिवस यस वर्ष बृक्षाराेपण गरि मनाइएको हाे।

संस्थाकाे अध्यक्ष सपना अधिकारी थापाले बाेटबिरुवा राेप्नु सुनाैलाे अवसर तथा मानव जीवन एवं हरेक प्राणिसंग जाेडिएकाे कार्यक्रम हाे । बाेटबिरुवाले अक्सिजन दिने गरेकाेले उसलाई अाफ्नाे लागि मात्र नभए अाफ्नाे भाबि पिडिकाे लागि पनि सुरक्षित राख्न जरुरी रहेको बताउदै यश संस्था मानव कल्याणकाे लागि विभिन्न कामहरु गरेकोले सबै कर्मचारी दत्तचित्त भई अाफ्नाे कार्य जिम्मेवारी निभाउन अाग्रह सहित गरेको कामको प्रशंसा साथ सबैलाई बधाई शुभकामना र धन्यवाद दिनुभएको थियो ।

स्थापना दिवसकाे कार्यक्रममा बाेल्दै संस्थापक अध्यक्ष भिम बहादुर थापा (भरत) ले संस्था छाेटाे समयमै आफुलाई स्थापित गर्दै यहाँ सम्म आउन सफल भएकाेमा हार्दिक बधाई तथा सफलताकाे शुभकामना दिनु भएकाे थियाे । संस्थाले अगाडि सार्ने राम्रा कामका लागि मेराे ब्यक्तिगत साथ सहयाेग रहने छ भन्दै संस्था दिगाेहाेस भन्ने शुभकामना समेत दिनु भएकाे थियाे ।

कार्यक्रममा संस्थाका सचिव जयराम बस्याल, सहसचिव प्रदिप अर्याल , सदस्य प्रतिमा बि.क , सदस्य देवलक्ष्मी कर्माचार्य श्रेष्ठ ,अनुगमन समिति सदस्य ज्ञान हरि अर्याल ,अपांगता समावेशी विकास परियोजना संयाेजक श्यामसुन्दर ढुङ्गाना , पुनरस्थाना संयाेजक राधा सापकोटा, घरेलु हिंन्सा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेय , लैंगिक समानता परियोजना संयाेजक ज्याेति सिंह राय लगाएत अन्य कर्मचारीहरुकाे उपस्थित रहेकाे थियाे ।

सम्पन्न बृक्षाराेपण कार्यक्रममा कल्कि फुल , धुपि , तेज पत्ता , पारिजात लगाएत सय भन्दा बढी बाेटविरुवा राेपण गरिएको संस्थाका सचिव जयराम बस्यालले जानकारी दिनुभएको हाे।










राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

