अारपि उपाध्याय / नवलपरासी , २५ माघ
हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा परिचित नवलपरासकीको मदार बाबा मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
मदार बाबा मेला सुरु हुन २ दिन मात्र बाकि छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ महलबारीबाट प्रारम्भ हुने मदार बाबा मेला पहाडको डाडामा मेलाको अन्तिम गन्तब्य मानिने विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभएको छ ।
मेलालाई शान्तिपुर्ण रुपमा सु सम्पन्न गर्नका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि ७५ जना सुरक्षाकर्मीहरुलाई परिचालन गरिने सुरक्षा निकायहरुले बताएका छन ।
मेलाको प्रारम्भिक आर्कषण सुस्ताको महलबारी स्थित गण्डक नहरबाट महलबारी मस्जिद सम्म विभिन्न खाले पसल र खेल तमासाहरु मनोरञ्जनको रुपमा प्रर्दशनको लागी राखिएको छ ।
ईस्लाम धर्मावलम्बीका भक्तजनहरुलाई आफ्नो आस्था अनुसार नवाज प्रार्थना गर्ने ठाउ महलबारी मस्जिदलाई पनि सिंगारिएको मस्जिदका पिठाधिश अमरुल्लाह अंसारीले जानकारी दिनुभएको छ ।
मदार बाबा मेला दुई वटा प्रादेशिक भुगोलमा पर्ने भएतापनि मेलालाई पहिलाकै परम्परा, रितिरिवाज र सस्कृती अनुसार नै सञ्चालन गर्न गण्डकी प्रदेशको विनयी त्रिबेणी र लुम्बिनी प्रदेशको सुस्ता गाउपालिकाका सम्बद्ध निकायहरु एक ढिक्का भएर मेला ब्यवस्थापनमा लागिपरेका बताइएको छ।
मेलामा शान्ति सुरक्षा प्रदान गर्न दुबै जिल्लाका सुरक्षा टोलीहरु मदार स्थानमा बुधबार पुगिसकेको सुरक्षा श्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सरक्षा ब्यवस्था मिलाउने हो, अन्य मेलाको पिठाधिश लगायतका कार्यहरु सम्बन्धित सुस्ता र विनयी त्रिबेणी गाउपालिकाका सिमावर्ती दुई वडाहरुले गर्नेुपर्ने दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

