लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृष्णनगर, ४ पुस
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरको विद्यालयमा लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शैख अब्दुल रसिद मदनीको अध्यक्षता र UKAID को आर्थिक सहयोग VSO र International Alert को सहकार्य र माहुरी होम द्वारा संचालित सहज परियोजना अन्तर्गत कोभिड-१९ तथा लैंगिक हिंसा बिरूद्ध धर्मगुरु हरू संग छलफल कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली र रामजी पाठक रहनु भयो।
विशिष्ट अतिथिमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी रहनुभयो।
कार्यक्रममा बोल्दै मौलाना मसहूद खां नेपालीले मुस्लिम धर्मको धार्मिक ग्रन्थ कुरान सरीफमा महिला लाई धेरै अधिकार दिएको बताउदै त्यस्को एउटा अध्यायमा (सूरह निसा ) महिला अधिकारको ब्याख्या गरेको जिक्र गर्दै आमाको खुट्टा मुनि स्वर्ग रहेकाले समेत महिला सबैभन्दा माथी नै स्थान रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले स्लाम धर्मको धार्मिक पुस्तक हरूमा महिला र पुरुष बिच भेदभाव नरहेको बताउदै अन्तिम दूत मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमको भनाईको जिक्र गर्दै भनेकी यदि कसैले दुइवटा केटीको पालनपोषण र राम्रो शिक्षा दिदै उमेर पुगेपछि राम्रो परीवारमा विवाह गरिदिए भने त्यस्तो व्यक्ति र म स्वर्गमा संगै हुने बताउनुभयो साथै स्लाम धर्ममा महिलाको लागी (आमा, छोरी, दिदी, बहिनी, स्वास्नी) लाई पैतृक सम्पत्तिमा समेत हक हुने व्यवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की ले छोरा छोरी सबैलाई समान व्यवहार गर्नु पर्नेमा जोड दिए।
जाहिद आजादले छोराछोरीको बिहेको उमेर पुगेपछि मात्र विवाह गर्नु पर्ने, छोराछोरी सबैलाई समान रुपले राम्रो शिक्षा दिनु पर्ने बताए।
शैख अब्दुल रसिद मदनीले एउटा शिक्षित छोरीले दुईवटा परिवारमा शिक्षाको प्रकाश फैलाउने गरेको बताए ।
कार्यक्रममा हिन्दू धर्मका अगुवा समेतले हिन्दू ग्रन्थ हरूमा
नारीहरूको उच्च सम्मान रहेको वक्ता हरूको जोड थियो ।

कार्यक्रममा मौलाना अकिल नइमी, मौलाना नियाज सउद अहमद, मौलाना अब्दुल सकुर मदनी, मौलाना असलम मदनी, मौलाना अकरम, मौलाना अब्दुल नूर, मौलाना जहिर अहमद बरेलवी, सालिकराम, राम निवास, कन्हैया लाल, सीताराम, रामजी, शंकर लाल लगायत अन्यको उपस्थित रहेको थियो । कार्यक्रम संचालन भने गंगा यादवले गर्नु भयो
। कार्यक्रममा अन्य सहयोग भने चितवन ठाकुरको रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot