तुलसी राम पौडेल /सियारी ,पौष ४ रुपन्देहीको सियारी गाउपालिकामा सामुदायिक मेलमिलाप कर्ताहरुको सपथ ग्रहण एव प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।प्रदेश सासद तुलसी प्रसाद चौधरीले गाउपालिका अन्तरगतका ४१ जना सामुदायिक मेलमिलापकर्ताहरुलाइ सपथ गराउनुको साथै प्रमाणपत्र प्रदान गर्नुभयो ।त्यसै अवसरमा उहाले समुदायका धेरै भन्दा धेरै मुद्दाहरु समुदायमा नै मिलापत्र गराउन मेलमिलाप कर्ताहरुको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले जनताको सेवा गर्ने हामिलाइ प्राप्त भएको अवसरलाई जिम्मेवारीका साथ भुमिका निभाउनु पर्ने बताउनु भयो । न्याय समिति संयोजक एव गाउपालिका उपाध्यक्ष अमृता गुरुङको अध्यक्षता, प्रदेश सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, गाउँ पालिका अध्यक्ष अयोध्या प्रसाद थारुको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल ,प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराई ,अधिवक्ता सुर्यराज अधिकारी ,मेलमिलाप कर्ता सम्झना क्षेत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । न्यायसमिती सदस्य बिष्णु रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गाउपालिका प्रशासन शाखाका नायब सुब्बा चिरञ्जीवी गौतमले गर्नुभएको थियो राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।