नवलपरासी / ४ पुस पश्चिम नवलपरासीमा शनिबार करिब ६ घण्टा बिधुत अबरुद्ध हुने भएको छ । नेपाल विधुत प्राधिकरण, परासीले शुक्रबार सुचना जारी गर्दै शनिबार बिहान १० बजेदेखी साझँ ४ बजेसम्म विधुत अबरुद्ध हुने जनाएको छ । परासी वितरण केन्द्र अन्तर्गतको गण्डक सबस्टेशनबाट प्रसारित पश्चिम फिडरमा रहेको एच.टि.कन्डक्टर अपग्रेड गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ । गण्डक परासी ३३ के.भी अबरुद्ध हुँदा परासी पिडर ११ के.भी, सुनवल फिडर ११ के.भी, महेशपुर फिडर ११ के.भी, रक्साह फिडर ११ के.भी र औधोगीक फिडर ११ के.भीमा असर पर्ने छ । तसर्थ बिधुत अबरुद्ध हुने जनाएको हो । तसर्थ ग्राहकहरुलाई पर्ने असुविधा प्रति क्षमाप्रार्थी रहेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।