गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक भेटिएनन्, राजश्वले लिलाम बिक्री गर्दै

३ पुस। वीरगञ्ज महानगरपालिका–५,

रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुन लिलाम हुने भएको छ । सुनको मालिक प्रहरीले भेटाउन नसकेपछि सुन लिलाम हुने भएको हो । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ । विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ ।

बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, विर्ताको संयुक्त टोलीले १ मंसिरमा छापा हानेर २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाडाकुडा बरामद गरेको थियो । पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले तत्कालीन समयमा सुनधनी नभेटिएपछि राजश्वमा बुझाइएको बताउनुभयो । प्रहरीका अनुसार सुनका मालिक नभेटिएपछि प्रकरणको अनुसन्धान समेत बन्द भइसकेको छ । त्यसवेला बरामद सुन भारतीय नागरिक अशोक सिन्हाको भएको बताइएको थियो । अपार्टमेन्टमा केही समयअघिसम्म उनी बसेकाले सिन्हाको सुन भएको आशंका गरिएको थियो । सिन्हाका दाइ प्रमोदकुमार बिहार विधानसभाको निर्वाचनमा उम्मेदवार बनेका वेला प्रहरीले अपार्टमेन्टमा सुन रहेको सूचना पाएको थियो ।

प्रमोदकुमार रक्सौल विधानसभा–१० मा भारतीय जनता पार्टी (विजेपी) तर्फबाट उम्मेदवार बनेका थिए, जसमा उनी विजयीसमेत भइसकेका छन् । भाइ अशोक चाहिँ पूर्वभन्सार क्लीयरिङ एजेन्ट रहेको प्रहरीले जनाएको छ । उनैले कालो धन लुकाएर राखेको हुनसक्ने आशंका गरिएको थियो । स्रोतका अनुसार अशोककी छोरी निवेदिकाले जन्मको आधारमा नेपाली नागरिकता लिएकी थिइन् । त्यसकै आधारमा अपार्टमेन्ट खरिद गरिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले प्रमोदबारे भारतीय पक्षसँग समन्वय गरेर सोधखोजसमेत गरेको थियो । त्यसक्रममा उनी प्यारालाइज भएर उपचाररत रहेको पाइएको थियो । चुनावको नजिकिँदै गर्दा प्रमोदको भाइको कोठामा सुन भेटिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको थियो । त्यसपछि छोराले एउटा अडियो सन्देश सार्वजनिक गर्दै बरामद सुन परिवारको पुस्तौनी भएको बताउँदै गैरकानुनी नभएको दाबी गरेका थिए । तर, परिवारका कुनै पनि सदस्य प्रहरीसमक्ष प्रमाण लिएर हाजिर भएनन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot