प्रदेश २ वीरगंज पर्सा पर्साको ग्रामीण भेगमा रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको मिलोमतोमा पटेर्वा सुगौली , जिराभवानी , सखुवा प्रसौनि संग जोडिएको जङ्गल फडानी गरि काठको तस्करी व्यापक रुपमा भईरेको समाचार प्राप्त भएको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्चार्ज एवम प्रहरी निरीक्षक रामकाजी थापाले एक जना अाम स्थानियलाई घुमुवा परिचालन गरि गाई , भैसी , रङ्गगाहरुको तस्करहरु संग पैसा असुली गरि तस्करी गराउने ।जुन तस्करले पैसा नदिएपछि गाई , भैसी पक्राउ गरि अाफ्नै घुमुवा परिचालन गरेको ब्यक्तिलाई कम मूल्य लगाई लिलामी गरने ।र लिलाम लिने ब्यक्तिहरु संग च्याखे समेत खाने स्थानियहरुले बताएकाछन्। ई प्र का पटेर्वासुगौलीका प्रहरी निरिक्षक थापाले अाफुले दुई महिना पहिला सिअाइबीमा बसेको धाख देखाउदै तस्करीको रकम असुल्दै गरेको स्थानियहरुले बताउछन्।सो पटेर्वा सुगौली मा शान्ति सुरक्षा समेत नरहेको र तस्करहरुले रात भरि जगङ्गल फडानी गरि काठ, लागुअौषध , चरेश , गाँजा, रक्कसि पसल केराउ मोटर भारत जाने र भारतवाट गाई भैसी रङ्गा भारतवाट नेपाल भित्राउने गरेपनि पैसा नदिएको तस्करहरुको सामान पक्राउ गरेको छ ।सो नाकावाट पैसा दिने तस्करहरुले दिनरात जङ्गल फडानि गरेपनि ई प्र का पटिर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक थापाले नजराना बुझेर अाँखा चिमलेएर बसेको स्थानियले हामिसंग गुनासो पोखेको छ। प्रहरी निरीक्षक थापाले लाखौंको महिनवारी बुझि सखुवाप्रसौनी, पटेर्वासुगौली, जीराभवानी गाउँपालिक, पर्सागढी नगरपालिका सँग जोडिएको वन क्षेत्रमा अहिले व्यापकरूपमा तस्करी भइरहेको पाइएको छ। तस्करहरू साँझ जङ्गल प्रवेश गर्ने र रूख कटान गरी काँधमा बोकेर अथवा साइकलमा राखेर गोलियाको तस्करी गर्दै आएका छन्। सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुर, सखुवनिया, औराहा, वडा नं. ३ को कौवा वनकटैयामा एक दर्जनभन्दा बढी फर्निचर उद्योगहरू छन्। ती गोलियाहरू तिनै उद्योगहरूमा बिक्री गरिन्छ। यसैगरी, पटेर्वासुगौली–२ गादी अकवनिया, वडा नं. १ सोनवर्षा, भतौडा, देकुली, वडा नं. ४ देउरिया, निचुटा, जीराभवानी गापा–२ वसन्तपुर, वडा नं. ५ शङ्करसरैया, हरैया, पर्सागढी नपा–१ मनवा, कोइलाभार, वडा नं. २ बागवन्ना, छतिवन टाँडी, वडा नं. ३ बडनिहार, पकडिया, वडा नं. ५ पचरुखी बहुअर्वा, वडा नं. १ एकटाँगा वैध, अवैध तरीकाले फर्निचर उद्योगहरू सञ्चालित छन्। धेरैले इजाजत नलिएर फर्निचर उद्योग चलाउँदै आएका छन्। ती उद्योगमा पलङ, कुर्सी, दराज, टि–टेबुल, झ्याल, ढोका आदि बनिरहेका छन्। जबकि डिभिजन वन कार्यालय, पर्सा र सो अन्तर्गतका आठवटा सबडिभिजन कार्यालयले दुई वर्षदेखि गोलियाको लीलाम गरेका छैनन्। ती फर्निचर उद्योगहरूमा वनबाट लीलाम भएका गोलिया मात्र प्रयोग गर्न वैध मानिन्छ। जङ्गल क्षेत्रसँग जोडिएका बस्तीहरूमा अवैध र वैध तरीकाले सञ्चालित फर्निचर उद्योगहरू अहिले वन फँडानीका मुख्य कारक तत्व भएका छन्। वन कार्यालयले गोलिया लीलाम नगरेको अवस्थामा तस्करहरूले जङ्गल फँडानी गरेर भित्रयाउने गोलियाहरू यिनै फर्निचर उद्योगहरूले खरीद गर्ने गर्छन्। दुई वर्षदेखि लीलाम नभएको अवस्थामा फर्निचर उद्योगहरूमा नियमितरूपले फर्निचर तयार हुने र बिक्री हुने भएकोले वन फडानी ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको संरक्षणमा भईरहेको यसले पुष्टि गर्दछ। सो नाकावाट दिनारात अवैध रुपमा नेपालवाट भारत र भारतवाट नेपाल भित्रिने गरेको छ।अहिले सो क्षेत्रको जङ्गलमा रहेको रुखहरु दिनदिनै सखाफ हुँदै गईरहेको छ। पर्साको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख थापाले सिबिल ड्रेसमा अाफ्नो घुमुवा परिचालन गरि काठ , लागुअौषध, गाईभेैसी मोटर तस्करहरुर मदिरा पसलवाट , फर्निचर उधोगहरुवाट संग धाक धम्कि देखाई पैसा असुलि गरि बेलुका तस्करहरु संग भोज भतेर गर्दै अाएको नाम नछाप्र्ने सर्तमा एक प्रहरीले बताएका छन्। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक थापाको यस्ता गतिविधि रुकनको लागि माथिल्लो निकायको ध्यान जान यति अावशयक देखिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।