कपिलवस्तु प्रहरीले पछिल्लो ६ महिनामा ठुलो सफलता हासिल

 

सुरेश कुमार पाण्डे/ कपिलवस्तु ३ पुस

कपिलवस्तु जिल्लाको बिभिन्न भित्रि सडक खण्डहरुमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य २ लाख ८५ हजार ५ सय बराबरको साईकल १५ थान ,बल्व ३ पेटी, चिनी १४ बोरा ,साडी १९५ पिस, जुता ८८ जोर, लेडिज चप्पल ७२ पिस , सर्ट ७२ पिस लेडिज कुर्ता १२ पिस लगायत मालसामान यस कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले मालसामान बरामद सफल भएको छ । बरामद गरिएको मालसामान आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको हो ।

पछिल्लो ६ महिनामा कपिलवस्तुमा नेपाल प्रहरीले निकै ठुलो सफलता हासिल गर्न सफल भएको छ । पछिल्लो ६ महिनामा भन्सार छली गरेर भित्राइएको सामान, र फरार ब्यक्तिहरु कपिलवस्तु प्रहरीले पक्राउ गर्नमा सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार भेटघाट कार्यक्रममा सो बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले असार देखि मंसिर सम्म भन्सार छली गरी ल्याउन लागेका बिभिन्न सामानबाट ३ करोड १६ लाख १९ हजार ४ सय ९७ रूपैयाँ राजस्वबाट उठेको बताए । यद्यपि सो रकम बिगतमा १ बर्षमा पनि उठेको थिएन ।

त्यस्तै ६ महिनाको अवधिमा बिभिन्न मुद्धाका १ सय ३ जना फरार रहेका मानिसहरुलाई पनि नियन्त्रणमा लिन सफल भएको छ । उता बिभिन्न लागु औषध किनबेच तथा प्रयोग गर्ने ३९ जनालाई पनि नियन्त्रणमा लिइएको हो ।
साथै जिल्लामा नवराज अधिकारी प्रहरी प्रमुख भएर आएपछि मात्र ४ लाख ९५ हजार रुपैया बिभिन्न नदीजन्य पदार्थको चोरी गर्नेबाट राजस्व उठाउन सफल भएको हो ।
भेटघाटमा बोल्दै पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले प्रहरी काम उदारणीय रहेको बताउदै यो सफलतालाई निरन्तरता दिन आग्रह गरेका छन । पत्रकार भेटघाट कार्यक्रममा दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot