Rashtriya Dainik

आफ्नै श्रीमती मार्ने फरार प्रतिवादी ४ बर्ष पछि पक्राउ

कपिलवस्तु /३ पुस

कपिलवस्तुमा आफ्नै श्रीमती मार्ने फरार प्रतिवादी ४ बर्ष पछि पक्राउ परेका छन ।मिति २०७३।०४।३० गते रातको समयमा आफ्नै श्रीमती वर्ष २६ कि साजरा खातुनलाई घाटि थिचि मुख थुनिदिई कर्तब्य गरी मारेको कर्तब्य ज्यान कसुर मुद्दामा वारदात पश्चात फरार रहेका निज प्रतिवादी उसमान गनी मुसलमान भागी गई भारतमा लुकी छिपी बसिरहेकोमा हाल गाँउ घरमा आएको भन्ने गोप्य सुचनाको आधारमा आज मिति २०७७।०९।०३ गते जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-११ थुनिया भदोखर्क बस्ने वर्ष २७ को उस्मान धोबी मुसलमान भन्ने उसमान गनी मुसलमानलाई वडा प्रहरी कार्यालय चन्द्रौटा बाट खटी गएको प्र.नि.को टोलिले निजलाई घर बाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कपिलबस्तु तौलिहवा बाट आजै देखी लागुहुनेगरी दिन ७ (सात) को म्याद थप अनुमति प्रदान भई अनुसनधान कार्य जारी रहेको ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित