कपिलवस्तुमै पहिलो पटक कपडा बैंक स्थापना

कपिलवस्तु / ३ पुस

कपिलवस्तुमै पहिलो पटक कपडा बैंक स्थापना गरिएको छ । बढ्दो चिसो बढेसंगै राष्ट्रका लागि युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले कपडा बैंक स्थापना गरेको हो । हुनेले दिएर जाऔँ, नहुनुले लिएर जाऔँ भन्ने मुल नाराका साथ आर्थिक रुपमा विपन्न परिवारलाई जाडोबाट बचाउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको युवाका संयोजक लक्ष्मण सापकोटाले जानकारी दिए ।

बढ्दो चिसो बढेसंगै जाडोमा शरिर समेत ढाक्न नसक्ने गरिव परिवारलाई शरिर ढाक्ने एक जोर कपडा भएपनि प्रदान गरी उनीहरुको घाउमा मलम लगाउने लक्ष्यका साथ सुरु गर्न लागिएको अभियानमा ईच्छुक संघ संस्था वा व्यक्तिलाई पनि समावेश गराईनेछ । खासगरी प्रयोग गर्न मिल्ने खालका कपडा सफा गरि विपन्नलाई प्रदान गर्ने, प्रयोग गर्न नमिल्ने कपडालाई कपास उद्योगमा लगि सिरक, डसना बनाई वितरण गरिने अभियानको थालनि गरेको संस्था युवा कपिलवस्तुले जनाएको छ ।

अहिले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सुरु गरिएको कपडा बैंक अभियान क्रमशः जिल्लाका अन्य स्थानीय तह तथा अन्य जिल्लामा पनि सञ्चालन गरिने संस्थाका सहसंयोजक असिम भट्राईले बताएका छन् ।

तपाईको सानो सहयोगले, कसैको घरमा न्यानो ल्याउन सक्छ भन्ने मुल मन्त्रका साथ अगाडि बढेको उक्त अभियानमा हुनेले दिन र नहुनेले लिन सक्ने छन् । जसका लागि चार नम्बर जितपुरमा रहेको बुद्ध प्रोफेशनल एकेडेमीमा सम्पर्क गर्न सकिनेछ भने ०७६५५०८६, ९८६७५२६९६६ वा ९८६२२७०२६३ मा सम्पर्क गरिने सक्ने युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले जनाएको छ । संस्थाले यस अघि राष्ट्रिय झण्डा दिवसको अवसरमा देश प्रति गर्व गर्दै जिल्ला प्रशासन अगाडि नयाँ झण्डा राख्ने लगायतका विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot