कपिलवस्तु /३ पुस कपिलवस्तुको शुद्धोदन गाउपालिका वडा नं.५ हथिहवा दोहोनी स्थित नेपालबाट भारत तर्फ भन्सार छलि गरि अवैध रुपमा भित्रियाउदै गरेको मिठाई, माछा सहित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्लाको रुपन्देही मायदेवी वडा नं.५ बस्ने बर्ष ४० हिमान्चल बानियाले लु.२५ प ७६९० नं. को मोटरसाइकलमा पेडा मिठाई अन्दाजी ५० किलो र भारत जिल्ला शिदार्थनगर पोष्ट नरकुलबजार ग्राम महादेव बस्ने बर्ष ३२ को जमिर अहमदले नं.नखुलेको मोटरसाईकलमा ८४ किलो माछा लादै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी मानिस, मिठाई, माछा र मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । उक्त माछा स्थानिय व्यक्ति, पशु सेवा बिकास केन्द्रका प्रतिनिधिको रोहवरमा कार्यालय पछाडीको कम्पाउण्डमा गाडी नष्ट गरीएको हो । उक्त मानिस र मोटरसाईकल माथी आवश्यक अनुसन्धान कार्य भै रहेको प्रहरीले जानकारी दियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।