अारपि उपाध्याय / नवलपरासी , २३ पुस
पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका अन्तर्गत त्रिबेणी धाममा लाग्ने बहुचर्चित त्रिबेणी मेला ब्यवस्थापन गर्न शनिबार त्रिबेणीमा सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।
विनयीत्रिबेणी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा विनयी त्रिबेणी गाउपालिका अध्यक्ष घनश्याम गिरिले सदियौँ पुर्वदेखी धार्मिक मेलाको रुपमा लाग्दै आएको त्रिबेणीलाई भब्य र सभ्य बनाउन सम्पुर्ण त्रिबेणी बासीको कर्तब्य भएको बताउनुभयो ।
उहाँले मेला सम्पन्न गर्न गठन गरिने समितिले सबै सरोकारवाला संग समन्वय गरि मेलाको तयारी गर्न आग्रह गर्दै मेला ब्यवस्थापनको लागी गाउपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सम्पन्न सर्वपक्षिय भेलाले वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहको अध्यक्षतामा वडा नम्बर ६ र ७ का जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, स्थानिय सुरक्षा निकायका प्रतिनिधि गरि २५ सदस्यिय त्रिबेणी मेला ब्यवस्थापन समिति गठन गरेको छ ।
आगामी माघ ७ गते लाग्ने त्रिबेणी मेलामा शान्ति सुरक्षाको भरपर्दो ब्यवस्थापन गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र ट्राफीक प्रहरीको ब्यापक रुपमा तैनाथ गर्ने वडाध्यक्ष शाहले जानकारी दिनुभयो । मेला ब्यवस्थापन गर्न अन्य उपसमितिहरुको समेत गठन गरिने शाहले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

