अारपि उपाध्याय / नवलपरासी , २३ पुस
पुर्वी नवलपरासी विनयी त्रिवेणी गा.पा. वडा न. ६ को आयोजनामा वडा स्तरीय साइकल दौड प्रतियोगिता श्री नारायणी गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालयको खेल मैदानमा शनिबार सम्पन्न भएको छ। त्रिवेणी युवा परिवारको अध्यक्ष रन्जित काफ्लेको अध्यक्षतामा आयोजित समारोहमा विनयी त्रिवेणी गा.पा. अध्यक्ष घनश्याम गिरीले अनुशासित खेलाडीले नै राष्ट्रलाई योगदान पुर्याउन सक्ने हुँदा उत्कृष्ट खेलाडी नै असल नतिजा निकाल्न सकिने धारणा राख्नु भयो। कार्यक्रममा वडा न. ६ का वडाअध्यक्ष नुरेन्द्र शाहले ग्रामीण भेगमा संचालन गरिने खेलबाट असल खेलाडी उत्पादन गर्न सकिने विचार व्यक्त गर्नुभयो। साइकल दौड प्रतियोगितामा विनयी त्रिवेणी ६ का आकाश शाहानी प्रथम,विनयी त्रिवेणी ६ कै कृष्ण बरुवाल द्वितिय र विनयी त्रिवेणी ७ का विमल कोइराला तृतीय भएको आयोजकले जानकारी दिएको छ। पहिलो हुने प्रतियोगीलाई नगद २५ हजार,दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाइ १० हजार प्रदान गरिएको छ। साइकल दौड प्रतियोगितामा ५७ पुरुष र ३ महिला गरि ६० जना प्रतियोगीको सहभागिता रहेको थियो। साइकल दौड प्रतियोगितामा ९० वर्षिय जेष्ठ नागरिकको पनि सहभागिता रहेको बताइएको छ। प्रतियोगितामा १५ कि.मी. दुरी तय गरिएको जानकारी गराइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

