वीरगंजमा ल्यान्स क्लब अफ आइटी प्रोफेसनल्स गठन

बीरगंज / २ पुष

सूचना प्रविधि क्षेत्रमा आबद्ध रहेर काम गर्दै आएको व्यक्तिहरुको समुहको वीरगञ्जमा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन भएको छ ।

वीरगंज महानगरपालिका विर्तास्थित अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रम बीच आइटी व्यवसायी दीपक साहको अध्यक्षतामा २५ सदसिय कमिटि गठन गरिएको हो । साह वीरगञ्जमा केन्द्रीय कार्यालय राखेर लामो समयदेखि डाईनामिक टेक्नोसफ्ट नामक सोफ्टव्येर डेभलाप्मेन्ट कम्पनि चलाउँदै आएका छन् ।

अन्तराष्ट्रिय लायन्स क्लबका पूर्व अध्यक्ष सञ्जय खेतान र ल्यान्स क्लबको जिल्ला स्ट्राटेजी चिफ डीएन अग्रवालको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा आलोक कुमार चौरसिया, दोस्रो उपाध्यक्षमा विरेन्द्र यादव र तेस्रो उपाध्यक्षमा दिगम्बर सिंह मनोनित भएका छन् । त्यसैगरी क्लबको सचिवमा आशु कुमार सर्राफ र कोषाध्यक्षमा सुरुची श्रेष्ठलाई मनोनित गरिएको छ ।

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय लायन्स क्लबका पूर्व अध्यक्ष सञ्जय खेतानले आईटी क्षेत्रमा लागेका व्यक्तिहरु अगाडी आएर आफ्नो सामाजिक उत्तरदायित्व बुझ्दै सामाजिक संस्थामा लाग्नु सराहनीय कार्य भएको बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नव अध्यक्ष दीपक साहले आइटी क्षेत्रमा काम गर्दै आएको व्यक्तिहरुलाई एउटा छाता मुनि ल्याएर सामाजिक क्रियाकलापहरु गर्न र सामाजिक प्रतिको आफ्नो भूमिकालाई निर्वाह गर्न क्लब गठन गरिएको बताए ।

नव गठित क्लबकोअगरवाल सह-सचिवमा सचिन साह, सह-कोषाध्यक्षमा सञ्जय कर्मी, क्लब सदस्य प्रमुख निता अगर्वाल, क्लब एलसीएफ संयोजकमा प्रशान्त कुमार, क्लब सर्भिस प्रमुखमा श्रीज्नेश प्रकाश, क्लब मार्केटिङ्ग कम्युनिकेसन प्रमुखमा जीवन प्रकाश गुप्ता, क्लब निर्देशकमा डा. हरिशंकर साह, विजय कुशवाहा, टेमरमा आशिष दारुका, टेल ट्विसटरमा अर्जुन साह रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot