Rashtriya Dainik

जगरनाथपुर गाउँपालिकामा निशुल्क लोकसेवा आयोगको तयारी

राजन कुमार बानिया
पर्सा २३ पुस
पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबारदेखि निशुल्क लोकसेवा आयोगको तयारी कलास संचालन गरेको छ।जगरनाथपुर गाउँपालिकाले आफ्नै सभा हलमा आयोजना गरेको निशुल्क लोगसेवा आयोगको त्यारी कक्षालाई एक कार्यक्रमका बिच प्रमुख अतिथी रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले उदघाटन गर्नु भएको थियो। उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले लोकसेवा आयोगको त्यारीका लागि अब बाहिर जानू पर्दैन ।अब आफ्नै गाउँ ठाउँमा नायब सुब्बा ,खरदार, नेपाल प्रहरीको लागि लोकसेवा आयोगको त्यारी गरि नेपालमा जागिर खुले पछी लोकसेवामा नाउँ निकाले र गाउँपालिका को नाउँ रोसन गर्नु पर्नेमा जोड दिनु। गाउँपालिकाका बिधार्थी भाइ बहिनीहरुले पढे लिखेर घरमा नै बसेका छन। कतिपै बिधार्थी भाइ बहिनीहरुले बिरगंज ,हेटौडा , काठमाडौ लगायतको शहरमा महंगो खर्चमा लोकसेवा आयोग कक्षाको त्यारी गरिरहेका छन। त्यसैको मध्यनजर गरि गाउँपालिकाबाट निशुल्क लोकसेवा आयोगको त्यारी आफ्नै गाउँ ठाउँमा गराउनु परेको गापा अध्यक्ष यादव ले बताए । आउने दिनमा पनि उच्च शिक्षा लगायत निशुल्क लोकसेवा आयोग त्यारी कक्षा संचालन मा ल्याउने अध्यक्ष यादवले उदघोष गरे। निशुल्क लोकसेवा आयोग त्यारि कक्षा उदघाटन कार्यक्रम मा बागमती प्रदेश का यातायात मान्त्रालय का सचिव सुरेश राउत , गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत कृष्णनन्दन राय, लोकसेवा आयोग त्यारी कक्षा संचालन प्रशिक्षक रास्ट्र बैंक का अधिकृत नरेश सरार्फ, लगायतको सहभागिता रहेको थियो। लोक सेवा आयोगको त्यारी कक्षामा ७३ जना सहभागीहरु रहेको थियो। लोकसेवा आयोग कक्षा संचालन सक्सेश स्किल डेभलपमेन्ट फर्म बिरगंजले जिम्मेवारी लिएको र निशुल्क लोकसेवा आयोग को कक्षा संचालन ४५ दिन सम्म चलने अायोजकले जनाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित