Rashtriya Dainik

आँखा बिरामीको लागि खुशीकाे खबर : नवलपरासीको सरावलमा निःशुल्क आँखा शिविर हुने

उमेश बि.क / नवलपरासी , २३ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा निःशुल्क आँखा शिविर हुने भएको छ।

रोटरी क्लब अफ नवलपरासीकाे अायाेजना तथा नेपाल नेत्रज्योति संघ डा. विनोद निता कंडेल आँखा अस्पताल परासीकाे प्राविधिक सहयोग एवं सरावल गाउँपालिकाको सहयोगमा दुई स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ।

पौष २९ गते शुक्रबार महेन्द्र जनता माध्यमिक विद्यालय (प्राङ्गण) सरावल ६ गडौरीमा बिहान ९ बजेदेखि २ बजेसम्म र माघ १३ गते शुक्रबार सरावल २ मनरीमा बिहान ९ बजेदेखि २ बजेसम्म हुने आयोजकले राष्ट्रिय दैनिकलाई जानकारी दिइएकाे छ ।

शिविरमा शल्यक्रियाको लागि छनौट भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जानकारी दिइएकाे छ ।

निःशुल्क आँखा शिविरमा आँखा बिरामीहरु उपस्थित भई माैकाकाे फाइदा उठाउन सरावल गाउँपालिकाबासिलाई पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले अनुरोध गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित