“मैले २५ हजार पारिश्रमिक लिएर बनाएको बाघको मूर्ति त्यति नराम्रो पनि त छैन। अलि मोटो भएर मात्र त्यस्तो लाग्या होला। पन्ध्र २० लाख ज्याला पाएको भए मैले बोल्ने साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ,” ललितपुरका २९ वर्षीय सीताराम डिम्डुङ भन्छन्।
उनले नै सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको बाघको मूर्ति बनाएका हुन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अहिले देशभरि च्याउ उम्रे झैँ बनाइएका तर प्राकृतिक स्वरूप नमिलेका यस्ता मूर्तिहरूको चर्चा भइरहेको छ। डिम्डुङको मूर्तिकलामा १५ वर्ष अनुभव रहेको उनी बताउँछन्।
काँक्रे विहार लगायत सुर्खेतमै अन्य धेरै मन्दिरहरू बनाएको बताउने उनी आफूले गरेको राम्रा कामको चर्चा नहुँदा दुख लागेको उनी बताउँछन्। यो बाघको मूर्ति सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको छ।
उक्त मूर्ति बनाउन ५० हजार लागेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

