उमेश बि.क / नवलपरासी ,२ पुस पश्चिम नवलपरासीको साताै स्थानीय तहहरुमा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवश २०२ को उपलक्षमा विभिन्न कार्यक्रम गरि मनाइएकाे छ। इन्द्रेणी समाजिक बिकास मन्च एवं आप्रवासी परिवार हकहित मन्चकाे संयुक्त आयोजना तथा साताै स्थानीय तहकाे समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवश २०२ को उपलक्षमा दीप प्रजलन गरिएको हाे। जिल्लाकाे सुनवन नगरपालिका, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका ,प्रतापुर गाउँपालिका, सरावल गाउँपालिका, सुस्ता गाउँपालिका, पालिनन्दन गाउँपालिकामा एकै साथ एकै समय मा दीप प्रजलन कार्येक्रम गरि सम्पन्न गरिएको छ। त्यस्तै दिवसको अवसरमा सरावल गाउँपालीका वडा नं. ३ सरावलमा दिप प्रजलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउंपालीकाका अध्यक्ष राधेश्याम चौधरीले स्वदेशमै सीप सिक्दै राेजगार बन्न आग्रह गर्दै युवायुवतीलाई वैदेशिक रोजगारीमा जांदा कुनै न कुनै सिप हांसिल गरेर मात्र जान आग्रह गर्नुभयो । सामी परियोजनाका सहजकर्ता जिवन वि.क.ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पाुर्नभएको थियो भने गाउंपालीकाका उपाध्यक्ष उत्तमा राय, प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चौधरी, पत्रकार उमेश वि.क. लगाएतले बोल्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।