Rashtriya Dainik

जाडाे बढे पछि आगाे ताप्न बर्दघाट नगरपालिकाद्वारा दाउरा वितरण

नवलपरासी , २० पुस

पश्चिम नवलपरासीको बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिको निर्णय अनुसार अतिबिपन्न बाहुल्य रहेको बस्तीहरुमा मंगलवार सामुहिक धुनीका लागि दाउरा वितरण गरिएको छ ।

अतिविपन्नलाई आगो ताप्ने प्रबन्ध मिलाउने निर्णय भए अनुसार वर्दघाट १२ र १३ मा दाउरा वितरण गरिएको नगरपालिका अन्तरगत गठित बन तथा बातावरण समितिका संयोजक एंव वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीले जानकारी गराउनुभयो ।

उहाँले उल्लेखित वडाका मझौनी, लेवडा लगायतका बिभिन्न गाउँ टोलमा दाउरा बितरण भएको र बुधवार बिभिन्न क्षेत्रका वितरण गर्ने बताउनुभयो ।

साथै नगरले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गर्ने तयारी स्वरुप स्थानीय ब्यवसायी तथा बासिन्दाले न्यानो कपडा संकलन कार्य तीब्र बनाएका छन् । करिब ३ गाडी कपडा संकलन भएको र त्यसलाई एक ठाँउ बनाउने कार्य भइरहेको बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतमले जानकारी दिनुभयो । आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं ८ का वडाध्यक्ष कविराज आचार्यले संकलित कपडाको बर्गीकरण गर्ने बिषयमा समेत छलफल भएको बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित