Rashtriya Dainik

बर्दघाट नगरपालिकाद्वारा राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति

राष्ट्रिय दैनिक / नवलपरासी , २० पुस
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति लिएको जनाएको छ । मंगलवार स्थानीय राजस्व परामर्श समितिको बैठकले करको दर बृद्धि नगर्ने तर दायरा भने बृद्धि गर्दै जाने नीति बनाएको जनाएको छ ।
सो अवसरमा समितिका संरक्षक तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठले धारणा राख्दै करमैत्री नगर बनाउदै लैजाने बिषयमा धारणा राख्नुभयो ।
बैठकमा समितिका संयोजक रहनुभएका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले राजस्व संकलन नगरी खर्च गर्न नहुने जोड दिदै खर्च गर्दा दुरुपयोग नहुने गरी खर्च गर्नुपर्ने बताउनुभएको थियो । राजस्व संकलनलाई करका दायरा बृद्धि गर्नुपर्छ –उहाँले भन्नुभयो– करका दरलाई भने हामीले चलाउनु हुदैन । कर बाट संकलित रकमलाई हामीले पारदर्शी रुपमा विकासका लागि खर्च गर्नुपर्छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बिभिन्न पालिकाहरुले कर संकलन गर्न गरेको प्रयोग बारे उल्लेख गर्दै कर संकलनमा तदारुकता आवश्यक रहेको बताउनुभयो ।
एक सहभागीका अनुसार सो अवसरमा घरबहाल कर तथा नयाँ नक्सा पास गर्न बारे समेत छलफल भएको थियो ।
११ औं नगरसभा तथा हिउदे सभा संचालन भएको सन्र्दभमा समितिको बैठक बसेको हो । बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रक्षेपण गर्ने बारे समेत छलफल भएको थियो । आगामी आर्थिक बर्षको करिब ९५ करोड बजेट प्रक्षेपण गर्ने बारे समेत बिभिन्न निर्णय भएको बैठक सम्बद्ध स्रोतले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित