कैलाली /२ पुस कैलालीको गोदावरी नगरपालिका – १० मा कोरोना महामारीबाट विद्यार्थीलाई जोगाउन जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । स्थानिय शान्निकोट युवा क्लबले मंगलबार वडाका ७ वटा विद्यालयमा जनचेतना मुलक कार्यक्रम गरेको हो । क्लवले वडामा रहेका जानकी माध्यमिक विद्यालय, माउण्ट ओलिभ इङ्गलीस बोर्डिङ स्कुल, संकर आधारभुत विद्यालय, घण्टेश्वर आधारभुत विद्यालय, घण्टेश्वर मन्दिर आधारभुत विद्यालय र गणेश आधारभुत विद्यालयमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको क्लवका अध्यक्ष प्रेम बम बोगटीले बताए । उनले विद्यार्थीहरुलाई मास्क, सेनिटाईजर र साबुन पानीको कसरी प्रयोग गर्ने, कोरोना भाईरसको महामारीबाट बच्न के कस्ता उपायहरु अपनाउने बिषयमा प्रशिक्षण दिईएको बताए । विद्यार्थीहरुलाई प्रशिक्षण स्वास्थ्यकर्मी उर्मीला दर्लामी (लामा) ले दिएकी थिईन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।