उत्तमकुमार थापा /बझाङ
जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी अस्पतालमा सञ्चालन भएको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
यहीँ पाैष १५ गते बाट सञ्चालन भएको शिविर आज सम्पन्न भएको हाे । करिव ५ दिन सम्म विरामीकाे सेवाका लागि राखिएको जयपृथ्वी अस्पतालकाे स्वास्थ्य शिविर सम्पन्न भएको अस्पताल ब्यावस्थापक अशाेक मल्लले बताउनु भयाे ।
दुर्गम बझाङका विरामीहरुकाे सेवा जिल्लामै ठुलाे डाक्टर बाट उपचार गराउन सक्ने भन्दै,अस्पतालले शिविर सञ्चालन गरेको स्रातकाे भनाइ छ । विरामीहरुले जिल्लामै उपचार सहजै रुपमा लिनु पर्ने,फाईदालाई मध्यनजर गर्दै राखिएको शिविरमा सेती प्रादेशिक अस्पतालका बरिस्ठ एम एस जनरल तथा ल्याप्राेस्कपी सर्जरी डाक्टर राजिव चाैधरी डाक्टरकाे नेतृत्वमा शल्यक्रिया शिविर सम्पन्न भएको थियाे ।
सदरमुकाम चैनपुरमा रहेको भरपर्दो,अस्पतालमा पाँच दिने शिविरमा १८० जनाले सेवा लिनुभएकाे हाे । शिविरमा बिरामी चेकजाँच शल्यक्रिया प्रार्मश साथी विरामीलाई बेहाेस बनाएर पाईल्स लगाएत ठुला ठुला अप्रेसन गरिएको मल्लले बताउनुभयो । यहीँ पुस १५ गते देखि सञ्चालन भएको शिविरमा,पाईल्स हाडजोर्नी,हर्निया,गाठगुठी दुख्ने लगाएत १५ जनाको अप्रेसन गर्न सफल भएको अस्पताल व्यावस्थापक अशाेक मल्लले बताउनुभएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

