Rashtriya Dainik

महेन्द्र मा.बि साेमनीकाे विद्यालय ब्यवस्थापन समिति अध्यक्षमा अनाेज यादव

उमेश बि.क / नवलपरासी , १९ पुस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

मंगलबार विद्यालयमा भएको अभिभावक भेलाले अनाेज यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी चयन गरिएको महेन्द्र माध्यमिक बिद्यालय साेमनीका प्र.अ अजय प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । अन्य पदाधिकारीमा सदस्यहरु रेखा काेहार ,बुधिया देवी चाैधरी ,लालचन पासि ,कलावति देबी हरिजन , गाैतम कहार , पदेन सदस्य वडा नम्बर ३ वडा अध्यक्ष ऋषिदेव दास पटेल , शिक्षक प्रतिनिधि याेगेन्द्र प्रसाद बानियाँ तथा सदस्य सचिव विद्यालयका प्र.अ अजय प्रसाद शर्मा रहनुभएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन हुनभएकाे यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्दै शैक्षिक बिकास अाजकाे अावश्यकता रहेकाेले यश विद्यालयलाई नमुना बनाउने याेजना सहित अगाडि बढ्ने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित