दाङ , १९ पुस
लुम्बिनी प्रदेशसभा सदस्यहरुलाई बधाई शुभकामना तथा प्रमाणपत्र बितरण गरिएको छ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको सभापतित्व तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अातिथ्यतामा बधाई शुभकामना तथा प्रमाणपत्र बितरण गरिएको हाे।
कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले प्रमाणपत्र हस्तान्तरण गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई बधाई शुभकामना दिदै जनअपेक्षा अनरुप काम गर्न सबैलाई निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य अब्दुल रज्जाक,केन्द्रिय सदस्य गेहेन्द्र गिरी लगाएत निर्वाचित प्रदेशसभा सदस्यहरुकाे उपस्थित रहेको थियो ।

कार्यक्रममा निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरुलाई खादा माला लगाई प्रमाणपत्र सहित बधाई तथा शुभकामना ज्ञापन गरीएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

